२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या

२०७६, ५ असार बिहीबार ०६:१३

असार ५, राजापुर । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । 

सुस्त श्रवण भएका बालिकालाई भर्ना लिइएन

बढैयाताल गाउँपालिका–४ खैरेनीकी १० वर्षीया राधा पासी चाहेर पनि विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छिन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको बालिकाका बुबा राधेश्याम पासीले बताउनुभयो । 

राधाको उमेर पाँच वर्ष पुग्ने बित्तिक्कै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लग्नुभएको थियो । तर विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन । राधा अरु सामान्य मानिससरह प्रष्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन । आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास गर्नुभयो बुबा राधेश्याम पासीले । तर पढाउन नसकिने भनेर फिर्ता पठाइयो ।

घर छेउबाटै गाउँका अरु बालबालिका कापीकलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प छैन । उनीमा सुस्त श्रवण शक्ति छ । उनी साङ्केतिक भाषा मात्रै बुझ्दछिन् र बोल्दछिन् । 

छोरीले पढ्न नपाउँदा आमा हिरा पासी चिन्ता व्यक्त गर्नुहुन्छ । अपाङ्गता भएकी छोरीले पढ्नबाट वञ्चित हुँदा उनको भविष्य अन्धकार हुने भयो भन्ने सबैभन्दा बढी चिन्ता आमा हिराको छ । 

नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । शिक्षाको लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् । उनीहरुका लागि आफ्नै घर नजिकको विद्यालयमा विशेष कक्षासहितको विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको छ । 

स्थानीयवासी गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशङ्का उत्पन्न भएको बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने