२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

अस्पतालले फोहोर व्यवस्थापन गर्न नसक्दा बिरामीलाई सास्ती

५ असार २०७६, बिहीबार ०६:५०

असार ५, बाँके | बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० शय्याको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

तराई मानव अधिकार रक्षक सञ्जाल ‘थर्ड एलायन्स’को पहलमा विज्ञको टोलीले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन वैज्ञानिक र व्यवस्थित नभएको निष्कर्ष निकालेको छ । अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाडामा चिह्न नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खानले बताउनुभयो । 

अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पर्ने निष्कर्ष अध्ययनले निकालेको छ । यस सम्बन्धमा सो अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीसँग सम्पर्क राख्दा उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले फोहर लिन नमानेपछि समस्या आएको गुनासो गर्नुभयो । “यो समस्या हाम्रो अस्पतालको मात्र होइन, नेपालगञ्जका सबै अस्पतालको अवस्था अहिले यस्तै छ । उपमहानगरपालिकाले कुनै अस्पतालको फोहर पनि सङ्कलन गरेको छैन”,उहाँको भनाइ थियो ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम अस्पतालजन्य फोहर अन्य फोहरसँग मिसाउन पाइँदैन । त्यसका लागि सबै अस्पतालमा फोहर प्रशोधन प्लान्ट हुनु आवश्यक छ तर,नेपालगञ्जका कुनै पनि अस्पतालले प्लान्टको व्यवस्था गरेका छैनन् । नेपालगञ्जमा करीब ३० टन फोहर भण्डारण गर्न सक्ने डम्पिङसाइट भए पनि अस्पतालको फोहर नेपालगञ्ज उपमहानगरपालिकाले उठाएको छैन । “अरु फोहरसँग अस्पतालजन्य फोहर मिसाउनै पाइँदैन । त्यसैले यो अवस्था आएको हो, तै पनि हामी अरु के उपाय गर्न सकिन्छ त्यसमा छलफल गर्दैछौँ”,नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य