2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खानेपानी योजना शुरु

असार ५, कावासोती । नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । 

नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ । स्थानीय, प्रदेश र सङ्घ मातहतका जिल्लास्तरका एकीकृत कार्यालय स्थापना गर्ने भनिएको यस स्थानमा पानीको व्यवस्थापन गर्न लागिएको हो । 

गण्डकी प्रदेश सरकारले समेत केही दिनअघि सार्वजनिक गरेको बजेटमा नवलपुरमा कार्यालय व्यवस्थापन गर्ने जनाएको छ । कार्यालय स्थापनाको समयमा समेत पानीको आवश्यकता हुने भएकाले यस क्षेत्रमा डिप बोरिङ गाड्ने काम शुरु गरिएको हो । कावासोती नगरपालिका र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा ओभरहेड ट्याङ्की र डिप बोरिङ निर्माणको काम शुरु गरिएको हो ।

कावासोती नगरपालिकाबाट नेपाल सरकारको स्थानीय तहलाई दिने विशेष अनुदानको रु एक करोड ५० लाख र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको रु एक करोड गरी कूल रु दुई करोड ५० लाखको लागतमा खानेपानीको योजना निर्माण गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।  

यस योजनाबाट सदरमुकाममा निर्माण हुने कार्यालयसँगै कावासोती नगरपालिका–३ ४ र ९ लगायतका वडाका स्थानीयवासीलाई समेत शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने