४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लघुवित्तकी कर्मचारी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न पक्राउ

५ असार २०७६, बिहीबार १६:३२

असार ५, फिदिम । गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई आज अपराह्न जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो । लावतीको साथबाट तामाङबाट लुटिएको रु ८१ हजार ७० नगद तथा तामाङको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा रहेका एनएमबी माइक्रोफाइनान्सका दुई वटा समूहको बैठक सम्पन्न गरेर मेची राजमार्गमा रहेको जोरपोखरी बजार फर्कँदै गरेकी सोही संस्थाकी प्रशिक्षार्थी कामदार तामाङको मङ्गलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो । प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक सम्पन्न गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो । 

घटनास्थल घना जङ्गलको बीचमा रहेका कारण आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाको भनाइ छ । तामाङ इलामको माईजोगमाई गाँउपालिका–२ घर भई विगत छ महिनादेखि उक्त लघुवित्तमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ