२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा जिल्ला समन्वय समितिको भबन भत्कियो

८ असार २०७६, आईतवार ०७:४२

 असार ८, पर्वत लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा उक्त भवन भत्किएको हो । भवनबाट धुलो माटो खस्न थालेपछि उठेर हेर्दा भवन चर्किएको र कोल्टे परेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामान हटाएको भण्डारीले बताउनुभयो । 

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यानसमेत नरहने उहाँले बताउनुभयो । जिससका प्रमुख मनोहर वि पौडेलले कार्यक्रमका सिलसिलामा दक्षिण पर्वतको हुवासमा रहेकाले के–कति क्षति भयो भन्ने यकिन विवरण जानकारी नभएको बताउनुभयो । उहाँले सोही ठाउँमा समन्वय समितिको पक्की भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो । 

उक्त भासिएको भवनको निरीक्षण गर्दै कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने, भासिने गरेकाले त्यसको उचित निकासका लागि व्यवस्था गरिने बताउनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत थप सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारसँग बजेट माग गरी दिगो व्यवस्थापन गरिने उहाँको भनाइ छ । जिससको भवन पटकपटक भासिने गरेको छ । विगतमा पनि जिल्ला अनुसन्धान कार्यालय रहेको भवन भासिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य