Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

प्रहरीले गर्यो गाँजाको बोट नष्ट

२०७६, ९ असार सोमबार ०६:२९

असार ९, तनहुँ |  तनहुँको ब्यास नगरपालिका–७ जलादीगाउँमा प्रहरीले तीन सय बोट गाँजा नष्ट गरेको छ । बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका तीन सय बोट गाँजा प्रहरीले आइतबार नष्ट गरेको हो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भमा स्थानीयवासीको सहभागितामा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

बारीमा उम्रिएको गाँजाका कारण युवाहरुको आवतजावत बढ्नसक्ने भएकाले स्थानीयवासीको सहयोगमा गाँजा फँडानी गरिएको प्रनाउ लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय चलिरहेको सन्दर्भमा स्थानीयवासीलाई लागुऔषध विरुद्ध सचेतना जगाउँदै गाँजा फँडानी गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ ।”

गाउँघरमा स्थानीयवासीको बारीमा गाँजाका बोट उम्रिने गरेपछि स्थानीयवासीकै समन्वयमा प्रहरीले नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । स्थानीयवासीले आफूहरुले गाँजा नलागएको प्रष्ट पार्दै नष्ट गर्ने अभियानमा प्रहरीलाई साथ दिइरहेका छन् । प्रहरीले केही दिनअघि मात्रै भानु नगरपालिका–५ मैवलमा पनि गाँजाको बोट नष्ट गरेको थियो ।

कैदीबन्दीलाई लागुऔषध प्रशिक्षण

जिल्ला प्रहरी कार्यालय तनहुँले कारागारमा रहेका कैदीबन्दीलाई आइतबार लागुऔषध विरुद्ध प्रशिक्षण दिएको छ । कारागारमा रहेका थुनुवा तथा कैदीहरुलाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी प्रशिक्षण दिइएको हो ।

प्रहरी निरीक्षक राजकुमार सुनार र न्यु डे फेलोसीपका पवन चुमी मगरले सहजीकरण गर्नुभएको प्रशिक्षणमा ९५ कैदीबन्दीको सहभागिता रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित