2026-09-13 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारको ८ लाख बजेट

असार ९, काठमाडौँ | नेकपा कञ्चनपुरका कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारले ८ लाख बजेट खर्च गरेको पाइएको छ | कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्वर ७ मा एक जना नेकपाका कार्यकर्ताको खेत जोगाउनका लागि तटबन्धनको नाममा प्रदेश सरकारको ८ लाख खर्च गरिएको भेटिएको हो। नेकपामा आवद्ध स्थानीय पुजा पौडेलको खेत जोगाउनका लागि प्रदेश सभा सदस्य लालवहादुर खड्का प्रदेश पुर्वाधार विकास कार्यक्रम मार्फत ८ लाख खर्च गरिएको हो।

स्थानीय जंगवहादुर सिंहले अन्य स्थानीयको खेतमा कतै पनि तटबन्धन नगरी पौडेलको खेत जोगाउने उद्येश्यले मात्रै सुडा नालामा तटबन्धन गरिएको बताए । ‘पटक–पटक कटान प्रभावित क्षेत्रमा तटबन्धनको योजना कार्यन्वयन गर्न माग गरेपनि आफ्ना लागि मात्रै योजना आएको भन्दै व्यक्तिको खेत जोगाउन ८ लाख खर्च गरिएको छ,’उनले भने, ‘अन्य स्थानीयका खेत सोही तटबन्धनका कारण नालाले बगाउने सम्भावना बढेको छ।’

यता तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र महतराले भने नेकपाको कार्यकर्ता भएकै कारण तटबन्धन नगरिएको बताए। उनले अहिले ८ लाख मात्रै बजेट भएकाले सो क्षेत्रमा मात्रै तटबन्धन गरिएको जानकारी दिए। प्रदेश सभा सदस्य लालवहादुर खड्काले पनि आगामी बर्षमा बाँकी रहेको क्षेत्रमा तटबन्धनका लागि योजना दिने बताए। उपभोक्ता समितिका सचिव वेतकोट नगरपालिकाका उप मेयर शुशिला सिंहका श्रीमान विरेन्द्र सिंह हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले