2026-07-10 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

उपमेयरको गाडीमा आगजनी

2019-06-25

असार १०, काठमाडौँ |  पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे  छ ।लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

आजगनीबाट गाडीको  पछाडिको भाग सामान्य जलेको छ ।प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ । यद्यपि, यो समाचार तयार पार्दासम्म विप्लव समूहले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

विप्लव कार्यकर्ताले उपमेयर मर्दनियामाथि सरकारी सम्पत्ति दुरुपयोग गरेकालगायत आरोप लगाउँदै आएका थिए । यही आरोप लगाउँदै उनीहरुले पत्राचारसमेत गरेको बताइएको छ ।

क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो