2026-07-10 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको हुलाकी सडक निर्माणमा भारतले रोकलगायो

2019-06-25

असार १०, काठमाडौँ  |  कञ्चनपुरमा  भारतीय एसएसबीले भारतीय भूमीमा सडक निर्माण भइरहेको  भन्दै हुलाकी सडक निर्माणमा रोक लगाएको छ । 

जिल्लाको बेलौरी नगरपालिका क्षेत्रमा पर्ने हुलाकी खण्डको एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध सिर्जना गरी रोकलगाएको हुलाकी योजना प्रमुख कार्यालय धनगढीले जानकारी दिएको छ | आफ्नो भूमि भन्दै भारतीय पक्षले सडक निर्माणमा अबरोध  सिर्जना गरेको छ |

सुरक्षा निकायको पहलमा समन्वय भइरहेको र भारतीय पक्षबाट आधिकारीक पत्र आउन भने बाँकी रहेको योजना कार्यालयले जानकारी दिएको छ  | 

सिमा स्तम्भ

सडक योजना कार्यालयका अनुसार भारतीय एसएसबीले निर्माण कम्पनीलाई जेठ अन्तीम सातातीर निर्माण कार्य रोक्न दबाब दिएका थिए । एसएसबीले ठेक्का सम्झौता पाएको बाबाहंस–सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण रोक्नमा दबाब दिएको योजना कार्यालयले जनाएको छ। उक्त क्षेत्रमा बेस निर्माणको काम सकेर कालोपत्रेको तयारी गरिएको थियो। तर भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको ईन्जिनियर पदम बहादुर मडैले बताए। उनले सो विषयमा माथिल्लो निकायमा पनि जानकारी गराइसकेको बताएका छन्। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुिसल कुमार वैद्यले संयुक्त सीमा सर्भे टोली फर्किसकेकाले एसएसबीलाई अवरोध सिर्जना नगर्न आग्रह गरिएको बताए। तर अवरोध कायमै राखेपछि उक्त विषयमा थप छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो