2026-09-13 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रधानमन्त्री क्रिकेट कप सुदूरपश्चिम फाइनलमा

असार १०, कञ्चनपुर |  कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ ।समूह ‘ए’को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।

“वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।”प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भन्नुभयो, “वर्षाका कारण प्रतियोगिता अवधिभर चार वटा खेल अवरुद्ध हुनपुगे ।”

मौसममा आएको सुधारका कारण आज दिउँसोपछि सशस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश नं १ बीच दोस्रो सेमिफाइनल प्रतियोगिता हुने संयोजक झाले जानकारी दिनुभयो ।

आइतबार र सोमबार आएको वर्षाका कारण खेल मैदानमा पानी जमेपछि प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजकको भनाइ छ । आयोजक महाकाली स्पोर्ट सोसाइटीले सोमबार राति अबेरसम्म विभिन्न प्रयास गरेर खेल मैदानको पानी हटाउने काम गरे पनि आज बिहानको प्रतियोगिता हुन सकेन । समूह बी को दोस्रो स्थानमा रहेको प्रदेश नं २ सेमी फाइनल खेल्न नपाउँदै बाहिरियो ।

बुधबार बिहान हुने फाइनल प्रतियोगिताबाट उपाधि विजेता टिमले रु चार लाखसहित पुरस्कृत हुनेछ भने दोस्रो हुने टिमले रु तीन र तेस्रो हुने टिम रु दुई लाख नगदसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले