२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लागुऔषध ओसारपसार गर्ने कञ्चनपुरकी एक किशोरी नुवाकोटबाट पक्राउ

२०७६, ११ असार बुधबार १४:३६

असार ११, विदुर । नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । लागुऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । 

खेलकूद क्षेत्रलाई परिणाम मुखी बनाउँछौं : मन्त्री मगर

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समापन समारोहमा आज उहाँले अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउने माध्यम खेलकूद भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सरकार कटिवद्ध रहेको बताउनुभयो । 

मन्त्री मगरले खेल बहुआयामिक क्षेत्र भएकाले यसलाई लक्ष्य प्राप्ति, आत्म–अनुुसाशित  र व्यवस्थित बनाइने बताउनुभयो । खेलकूद मैदान निर्माण गर्ने र आवश्यक सामग्री उपलब्ध गराउन तीन वटै तहका सरकारमार्फत विभिन्न कार्यक्रम अगाडि बढेको उहाँको भनाइ थियो । 

यसैबीच, मझगाउँ विमानस्थल सङ्घर्ष समितिका पदाधिकारीले मन्त्री मगरलाई विमानस्थलको नक्सासहितको ज्ञापनपत्र बुझाएका छन् । सोही क्रममा बोल्दै खानेपानी मन्त्री मगरले बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी