२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ–सुर्खेत सडकको स्तरोन्नति तीव्र

११ असार २०७६, बुधबार १७:१३

बालाराम खड्का | असार ११, तुलसीपुर (रासस) | दाङ–सुर्खेत सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । विगत २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने ६२ किलोमिटर सडकमा कालोपत्रको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

चार वटा ‘प्याकेज’ मा सडकको स्तरोन्नतिको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर क्षितिज पोखरेलले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका  कन्ट्रसन प्यासीप जेभीलेकोले दुई वटा ‘प्याकेज’ को काम गरिसकेको छ । अर्को दुई ‘प्याकेज’ को काम करीब ४० प्रतिशत सम्पन्न भएको इञ्जिनीयर पोखरेलले जानकारी दिनुभयो । दाङको तुलसीपुरदेखि हापुरेसम्म सडक कालोपत्रको काम सम्पन्न भएको छ । त्यस्तै हापुरेदेखि सल्यानको एक्लेबरसम्म सडक कालोपत्रका लागि ग्राभेलको काम नियमित भइरहेको छ ।

त्यस्तै कालीमाटीदेखि सुर्खेतको सिमाना काल्चेसम्म पनि बाटो ‘कटिङ’ र सम्याउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सो सडक कालोपत्र गर्ने म्याद २०७८ सम्म रहेको छ । रु ८५ करोडको लागतमा स्तरोन्नतिको काम शुरु भएको इञ्जिनीयर पोखरेलले जानकारी दिनुभयो । दाङदेखि सुर्खेतको बोटेचौरसम्म ७८ किलोमिटर बाटो निर्माण भएसँगै दाङबाट सुर्खेत नेपालगञ्जबाट भन्दा ६५ किलोमिटर यात्रा कम हुने जनाइएको छ ।

“काममा कुनै अवरोध नभए कालोपत्रको काम एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ”, इञ्जिनीयर पोखरेलले भन्नुभयो । प्रदेश नं ५ र कर्णाली प्रदेशलाई जोड्ने यो सडक कालोपत्र भएमा सुर्खेतको बोटेचौरसम्म चार घण्टामै पुग्न सकिनेछ । सडक जोडिएसँगै दाङको समृद्धिको ढोका पनि खुल्ने यस क्षेत्रका मानिसको भनाइ छ । सडकको स्तरोन्नतिसँगै यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला, मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ । 

निर्माणको कामले गति लिएपछि भने पक्की सडकका कारण सुरक्षित यात्रा गर्न पाइने प्रतिक्षामा पश्चिम दाङवासी रहेका छन् । स्तरोन्नतिसँगै दाङको पश्चिम भेगका बजारको आवादी पनि बाक्लिँदै गएको छ । यसको सो क्षेत्र विकासतर्फ लम्कँदैछ भने कर्णाली क्षेत्रसँग दाङको सिधा सम्पर्क निकै सहज हुने स्थानीयवासी बताउँछन् । 

“दाङको विकासमा यो सडक काशेढुङ्गा सावित हुनेछ”, स्थानीय कृष्णकुमार गिरीले भन्नुभयो । उहाँले भन्नुभयो, “विसं २०४५ मा फरुवा र कोदाली लिएर हामीले बाटोको ‘ट्रयाक’ खोलेका थियाँै, अहिले स्तरोन्नति भएको देख्दा निकै खुशी लागेको छ ।” 

सो सडक खण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रामा निकै जोखिम हुने गरेको भुक्तभोगी यात्रुको अनुभव छ । विगतको यात्रामा कष्ट भोगेका अहिले भने यात्रा सहज हुने भन्दै खुशी व्यक्त गर्दछन् । “त्यस्तो सडक यस्तो बन्ला भनेर हामीको कल्पना नै गरेका थिएनाँै तर हाल सडकको धेरै सुधार भएको छ, अब सबै कालोपत्र भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र कर्णाली प्रदेश जोड्ने यो सडक बन्नु सबैका लागि खुशीको कुरा हो”, स्थानीय रामबहादुर डाँगीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा