२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन

२०७६, १३ असार शुक्रबार ०५:१६

काशीराम शर्मा  | असार १३, बाँके | बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो ।

 सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे । विसं २०६२-६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि अर्को ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ । एकपछि अर्को ठूला उद्योग खुल्दासमेत यहाँका स्थानीयवासीमा उत्साह देखिएन । कारण, स्थानीयवासीले स्थापना भएका उद्योगमा रोजगार पाउन नसक्नु नै हो । 

बाँकेमा सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको जानकी गाउँपालिका–५ का अध्यक्ष सुरेश यादवले भन्नुभयो, “हाम्रो वडामा दर्जनौँ उद्योग सञ्चालनमा छन् । तर पनि स्थानीयवासीले रोजगारी पाउन सकेका छैनन्, धुलो, धुवाँ र प्रदूषण मात्र पाएका छन् ।” 

बाँकेमा सिमेन्ट उद्योग, छड, प्लाष्टिक, फलामजस्ता सामग्री उत्पादन गर्ने ठूला उद्योग सञ्चालनमा छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय छन् । बाँकेमा भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन । श्रम स्वीकृति लिन नपर्ने र श्रम अडिटको दायरामा आउन नसकेका कारण उनीहरूको तथ्याङ्क यकिन हुँदैन ।

 सीमावर्ती भारतीय गाउँका मजदुर त बिहान साइकलमा आएर साँझ घर फर्किहाल्छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौँ नेपाली विदेश गइरहेका बेला नेपालमा भने यसरी भारतीय कामदार भरिभराउ भएका छन् । मजदुर नेताले स्वदेशी कामदार राख्नुपर्ने आवाज उठाउँदै आए पनि उद्योगीले त्यसको बेवास्ता गर्ने गरेका छन् । 

उद्योगीका आफ्नै समस्या

उद्योग सञ्चालकहरू भने बाध्यताका कारण स्थानीयवासीलाई रोजगारी दिन नसकेको बताउँछन् । उद्योगी चम्पालाल बोथ्रा भन्नुहुन्छ, “सकेसम्म आफ्नै नेपाली दाजुभाइलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकाले बाहिरबाट काममा ल्याउनुपर्ने बाध्यता छ ।” 

भारतीय कामदार राख्नुमा नेपालीमा सीप नभएको मात्र कारण भने होइन । भारतीय कामदार सङ्गठित भई आन्दोलन गर्न नसक्ने भएकाले पनि उद्योगले उनीहरूलाई रुचाउने गरेका छन् । सिमेन्ट, छडजस्ता उत्पादनमूलक उद्योग नेपालीका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकाले शुरुशुरुमा भारतीय कामदार राख्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ । विस्तारै सिक्दै जाँदा स्वदेशी कामदारको सङ्ख्या बढाउँदै लैजाने उद्योगहरूले बताएका छन् ।

 होटलमा स्थानीयलाई प्राथमिकता

तर, यता होटल क्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयवासीले काम पाउँदा हर्षित छन् । बाँके जिल्लामा उत्पादनमूलक उद्योगपछि सबैभन्दा धेरै लगानी होटल क्षेत्रमा भएको छ । यहाँ सयौँको सङ्ख्यामा रोजगारी सिर्जना भएको छ । तर त्यहाँ उत्पादनमूलक उद्योगमा जस्तो होटल क्षेत्रमा भारतीय कामदार छैनन् । अधिकांश नेपाली त्यसमा पनि स्थानीय कामदार नै धेरै छन् ।

 सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपाने भन्नुहुन्छ, “सबै कर्मचारी स्थानीय नै छन् । देशमा रोजगारी सिर्जना गर्नुमा होटल क्षेत्रको भूमिका महत्वपूर्ण छ ।” बाँकेमा रहेका ठूला होटल सिद्धार्थ, सोल्टी, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु, किचन हट, सेन्ट्रल प्लाजा, स्नेहा, बाटिकालगायतका ठूला होटल मात्र नभई साना लगानीका होटलमा पनि स्थानीय कामदारले रोजगारी पाएका छन् । 

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार बाँके जिल्लामा मात्रै करीब पाँच हजार बढी स्थानीयवासीले साना र ठूला होटलमा रोजगारी पाएका छन् । जसमा करीब ४० प्रतिशत महिला छन् । “जति होटल थपिँदै गयो त्यति नै रोजगारी पनि बढ्दै जाने हो”,वरिष्ठ उपाध्यक्ष काफ्लेले भन्नुभयो, “नेपालगञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै रोजगारी पनि त्यही अनुपातमा बढ्दै गएको छ ।”

जिल्लामा साना लगानीमा सञ्चालित होटलमध्ये धेरैले स्तरवृद्धि गरिरहेका छन् । होटलको स्तरवृद्धि हुँदासमेत रोजगारीको अवसर बढ्दै गएको उहाँले बताउनुभयो । “लगानीकर्ता होटलमा लगानी गर्न आकर्षित हुने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले होटल खुल्ने क्रम बढिरहेको छ । जति होटल खुल्दै जान्छन्, त्यति रोजगारी थपिँदै गएको छ ।”

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले पछिल्लो पाँच वर्षयता जिल्लाका मुख्य शहर नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा होटल खुल्ने क्रम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “ती होटलमा स्थानीय कामदारले नै प्राथमिकता पाएका छन् ।”बाँकेमा दर्जन बढी स्तरीय होटलसँगै तीन हजार होटल छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० होटलहरू सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला