2026-09-13 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट लागुऔषधसहित तीन युवक पक्राउ

असार १३, कावासोती । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

 भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ ।

यस्तै सोही स्थानमा बझाङबाट काठमाडौँका लागि छुटेको  ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय  विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागुऔषधसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । 

सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ ।

 कार्यालय भवन आउन सुस्तागाउँदेखि करीब दुई घण्टासम्म लाग्ने गर्दछ । विशेषगरी सहज यातायातको पहँुच नहँुदा सुस्तावासी नारायणी नदीमा डुङ्गाको प्रयोग गरेर आउनुपर्ने अथवा भारतीय भूमि हँुदै नेपाल प्रवेश गरेर सो वडामा पुग्न करीब दुई घण्टा लाग्ने अवस्था छ ।

 सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा नारामै सीमित भएको र सुस्तावासीले वडा कार्यालय पुग्नसमेत निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउनुहुन्छ । नारायणी नदीमा डुङ्गाको यात्राबाहेक भारतको बाटो हँुदै नेपाल पुग्नुपर्ने बाध्यता छ । यसअगावै पटक–पटक भारतीय सुरक्षाकर्मीको चरम दुव्र्यवहार हुने गरेका कारण अधिकांश सुस्तावासी भारतीय भूमि हँुदै नेपाल जाने गर्दैनन् ।

 नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्राका कारण वडा कार्यालय आउन पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै वडा कार्यालय भवन पक्लिहवा जान नारायणी नदीमा पुल नभएकाले वर्षाको समयमा जोखिमपूर्ण डुङ्गा तरेर आउन पनि निकै समस्या भएको सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँ बताउनुहुन्छ ।

वर्षाको समयमा नारायणी नदीमा पानी बढेर डुङ्गासमेत नचल्ने अवस्था हुन्छ । नारायणी नदीमा पुल निमार्णको काम शुरु भए पनि बीचैमा अधुरो रहेको अवस्था छ । अहिलेसम्म पुल निर्माणकार्य पूरा हुन नसक्दा दैनिकरूपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् ।

 निर्माणाधीन झोलुङ्गे पुल चाँडै सम्पन्न गर्ने कार्यमा गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । यद्यपि सुस्तावासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करीब दुई हजार ५०० जनसङ्ख्या छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले