2026-09-14 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोक्सी कुप्रथाविरुद्ध अग्नि दहन प्रदर्शन

असार १३,  स्याङ्जा | स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’प्रदर्शन गरिएको हो । 

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक वृत्तचित्रलाई गण्डकी प्रदेशका सबै जिल्ला तथा सातै प्रदेशमा प्रदर्शन गरिने प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायले बताउनुभयो ।

“हाम्रो समाजमा अझै पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक वहिष्कार गर्ने प्रवृत्ति छ”,प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भन्नुभयो, “समाजमा रहेका अन्धविश्वास, कुरीति, डर भयलाई हटाउन यो अभियानलाई देशैभर पु¥याई प्रदर्शन गरिनेछ ।”

समाजमा सदियौँदेखि यसप्रकारका कुप्रथाले जरा गाडेर बसेकाले पनि यस्ता कुरीति तथा कुप्रथाको अन्त्यका लागि बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’निर्माण गरी प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रमा त्रिपाठीले बताउनुभयो ।

“हाम्रो समाजमा जबसम्म मानिस सचेत हुँदैनन्, तबसम्म कुप्रथा अन्त्य हुने अवस्था म देख्दिनँ”,गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख केदारनाथ आचार्यले भन्नुभयो, “धर्म संस्कृतिको नाममा समाजमा बोक्सी कुप्रथाले जरा गाडिरहेको अवस्थामा यसको अन्त्यका लागि सामाजिक संस्कारको आवश्यकता छ ।”

घनश्याम लामिछानेद्वारा निर्देशित वृत्तचित्र ‘अग्नि दहन’ले बोक्सी आरोपमा परेकी महिलाको कथा बोल्छ । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले