२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा पहिरोले २१ परिवार प्रभावित

२०७६, १३ असार शुक्रबार ११:१४

असार १३, पाँचथर | पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । यहाँका सन्तोष बेघा, मिलन माङ्मु, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । विस्थापितमध्ये पहलमान राईको घर पहिरोले बगाएको छ भने अन्यको घरमा समेत बस्न नसकिने अवस्था रहेको छ । विस्थापित सात परिवारका जम्मा ४२ सदस्य छन् । 

यहाँको चिङ्मा बस्तीका भीमबहादुर राई, पूर्णबहादुर राई, टङ्क माङ्मू, लालबहादुर राई, दिलबहादुर माङ्मु, बालकृष्ण राई, कृष्णबहादुर राई, विष्णुमाया राई, हर्कमान राई र दिलकुमारी राई तथा मुक्लाबु बस्तीका डिकबहादुर बानियाँ, कपिलमान राई, सेरमान राई र ईश्वरी बेघा पहिरोबाट प्रभावित बनेका हुन् । निरन्तरको वर्षापछि यहाँका सेपी, चिङ्मा, बेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा पहिरो गएको हो । वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए । बस्तीभन्दा माथि डुँडे चौर नामको ठूलो खुला मैदान रहेका कारण स्थानीयवासी त्यहाँ पुगेका थिए । 

निरन्तर वर्षा भएका कारण पहिरो जाने क्रम निरन्तर रहँदा स्थानीयवासीलाई भाग्नसमेत समस्या परेको थियो । “दुई दिनदेखि पानी परिरहेको थियो । वर्षाकै कारण मोबाइलमा नेटवर्कसमेत नआउने भएका कारण स्थानीयले समयमा खबर गर्नसमेत पाएनन्”,वडासदस्य प्रेमबहादुर राईले भन्नुभयो, “जे होस् डुँडे चौर पुगेर ज्यान जोगाउनु भयो ।”

चालू आर्थिक वर्षमा अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पु¥याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ । निरन्तरको वर्षा र मोटरबाटो निर्माणका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ । “यो अत्यधिक वर्षा हुने ठाउँ हो”,स्थानीयवासीसमेत रहनुभएका वडासदस्य राईले भन्नुभयो, “वर्षा भइरहे सेपी र बेतेनीका करीब ९० घर परिवार आ–आफ्नो घरमा बस्न सक्नुहुन्न । उहाँहरुका लागि वैकल्पिक व्यवस्था गरिनुपर्छ ।”

पहिरोबाट २५ किलोवाट क्षमताको मेजर चिङ्मा रवि खोला लघु लजविद्युत् आयोजनाको इन्टेक, पावर हाउसलगायत अधिकांश संरचनामा क्षति पुगेको छ । पहिरोले गोठसमेत बगाएको छ । कति पशु चौपाया मरे भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पशुपालन हो । अधिक वर्षा हुने समय भएका कारण अहिले भेडा, गाई तथा चाँैरी गोठ बस्ती छेउमै रहेको वडाध्यक्ष योङहाङले बताउनुभयो । अझैसम्म वर्षा भइरहेका कारण स्थानीयवासीमा पहिरो जाने त्रास कायम रहेको उहाँको भनाइ छ । 

डुँडे चौरमा आश्रय लिएर बसेका पीडितलाई याङवरक गाउँपालिका, पाँचथर उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले बिहीबार राहत सामग्री प्रदान गरेका छन् । यी संस्थाले पीडित परिवारलाई ३५० किलो चामल, १५० किलो चिउरा, ३५ काटुन तेल, १६ काटुन चाउचाउ, ३० थान कम्बल, १५ थान त्रिपाल, १५ थान भाँडावर्तन तथा लत्ताकपडा वितरण गरेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा