असार  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार 
2026-09-14 01:42 AM
कास्की - KSK

पोखरा महानगरपालिकामा सहमतिपछि ताला खुला

असार १३, पोखरा  पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ ।

काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिनुभयो ।

बुधबारको नगरसभा बैठकमा काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रातो किताब च्यातेका थिए ।

आफूहरूको मागका सम्बन्धमा महानगर प्रमुख मानबहादुर जिसीले बार्तामा बोलाउनुभएको र नसमेटिएका योजना समेट्ने सहमति भएपछि ताला खोलिएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।

महानगरले रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ जसमध्ये ३६ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा छुट्याइएको छ । 

पर्यटक बसका चालक र सहचालकलाई तालीम

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा  पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि लामिछानेले पर्यटकका लागि आउँदाजाँदा पहिलो वा अन्तिम सम्पर्क व्यक्ति चालक, सहचालक हुने भएकाले उनीहरूको व्यहारले घुम्ने स्थानका सम्बन्धमा पर्यटकले धारणा बनाउने बताउनुभयो । चालक, सहचालकलाई पर्यटनको अवैतनिक राजदूतका रूपमा चित्रण गर्दै उहाँले उनीहरूको व्यवहार एवं बोलिचालीले पर्यटकको बसाइ लम्ब्याउने वा छोट्याउने कुरामा निर्भर गर्ने धारणा राख्नुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले चालक, सहचालकको बोली एवं व्यवहारले कुनै पनि पर्यटकीयस्थल एवं समग्र राष्ट्रलाई प्रभाव पार्ने उल्लेख गर्नुभयो । पर्यटकको बसाइ अधिकतम लम्ब्याउने कुरामा चालक, सहचालकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पर्यटक सवारीसाधन चलाउँदै आएका १५६ चालक र सहचालक सहभागी प्रशिक्षणमा चार प्रशिक्षकले विभिन्न विषयमा जानकारी गराउनुभएको पर्यटन यातायात समिति पोखराका महासचिव नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थललियाले अतिथि सत्कार, प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक नियम, सिप्रदी टे«डिङ पोखराका इन्चार्ज सञ्जय विष्टले प्राविधिक विषय र डा मुकेश मल्लिकले उच्च चापीय क्षेत्रमा अपनाउनुपर्ने स्वास्थ्य सजगतालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । पर्यटन यातायात समिति, पोखरामा ४५० पर्यटक बस र १२८ व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले