२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन

२०७६, १४ असार शनिबार १६:१३

सम्राट सिंह | असार १४, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमा बसोबास गर्ने बादी समुदायमा निशुल्क एक दिने प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा सदरमुकाम चैनपुरमा अवस्थित बादी समुदायमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको हो ।

आर्थिक अभावले उपचार गर्न जिल्ला अस्पताल सम्म पुग्न नसकेका विपन्न बादी समुदायमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गर्दा बादी समुदायमा खुसी छाएको छ । विपन्न बादी समुदायमा सरकारले निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गर्दा बादी समुदायमा एकदमै राहत भएको स्थानिय राधा बादीले बताइन् । उनले भनिन् राज्यले बादी बस्तीमा नै आएर हामी जस्ता विपन्न परिवारको निशुल्क उपचार गर्दा बादी समुदायका सम्पुर्ण बासिन्दाहरु हर्षित भएका छौ ।


बादी समुदायमा निशुल्क शिबिर संञ्चालन गर्दा बादी समुदायका सम्पूर्ण परिवारको उपचार गर्नुका साथै नजिकै रहेका दलित बस्तीमा बसोबास गर्ने झण्डै १ सय ५० जना अन्यले पनि शिबिरमा उपचार गराएका छन । 

बादी समुदायमा शिबिर संञ्चालन गरी महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच, एआइभी परिक्षण, भिडियो एक्सरा लगायतका अन्य स्वास्थ्य सेवा उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । विपन्न बादी समुदायका बासिन्दाहरु आर्थिक अभावका कारण उपचारका लागि अस्पताल सम्म पुग्न नसकेको हुँदा बादी बस्तीमा नै गएर निशिल्क स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गरेको उनको भनाइ छ । 

शिबिरमा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शार्की, शसस्त्र प्रहरीका डियसपी भुवनराज पन्त, जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्ट लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने