२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन

१४ असार २०७६, शनिबार १६:१३

सम्राट सिंह | असार १४, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमा बसोबास गर्ने बादी समुदायमा निशुल्क एक दिने प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा सदरमुकाम चैनपुरमा अवस्थित बादी समुदायमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन भएको हो ।

आर्थिक अभावले उपचार गर्न जिल्ला अस्पताल सम्म पुग्न नसकेका विपन्न बादी समुदायमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गर्दा बादी समुदायमा खुसी छाएको छ । विपन्न बादी समुदायमा सरकारले निशुल्क प्रजनन् स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गर्दा बादी समुदायमा एकदमै राहत भएको स्थानिय राधा बादीले बताइन् । उनले भनिन् राज्यले बादी बस्तीमा नै आएर हामी जस्ता विपन्न परिवारको निशुल्क उपचार गर्दा बादी समुदायका सम्पुर्ण बासिन्दाहरु हर्षित भएका छौ ।


बादी समुदायमा निशुल्क शिबिर संञ्चालन गर्दा बादी समुदायका सम्पूर्ण परिवारको उपचार गर्नुका साथै नजिकै रहेका दलित बस्तीमा बसोबास गर्ने झण्डै १ सय ५० जना अन्यले पनि शिबिरमा उपचार गराएका छन । 

बादी समुदायमा शिबिर संञ्चालन गरी महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच, एआइभी परिक्षण, भिडियो एक्सरा लगायतका अन्य स्वास्थ्य सेवा उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । विपन्न बादी समुदायका बासिन्दाहरु आर्थिक अभावका कारण उपचारका लागि अस्पताल सम्म पुग्न नसकेको हुँदा बादी बस्तीमा नै गएर निशिल्क स्वास्थ्य शिबिर संञ्चालन गरी उपचार गरेको उनको भनाइ छ । 

शिबिरमा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शार्की, शसस्त्र प्रहरीका डियसपी भुवनराज पन्त, जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्ट लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य