२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा अझै पनि जातीय छुवाछुत र विभेद कायमै

१५ असार २०७६, आईतवार ०६:४७

असार १५,  बाजुरा | दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन । 

लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र छुवाछूत, चालचलनलाई अन्त्य गर्न नसक्दै दलित–दलितबीचको विभेद कायमै रहेको दलित अगुवाले बताउने गरेका छन् । 

जिल्लामा बस्दै आएका विभिन्न थरमा दलितबीचको समन्वय भए पनि उनीहरुले एक अर्काको हातको पानीसमेत चल्दैन । ल्वारले नेपाली, सेरालाले कामी, गन्र्धवले कडारालगायतका थर भएका दलितले छोएको पानी र पकाएको खाना मात्र नभई घरभित्र जान नदिने प्रचलनको अन्त्य हुनुपर्ने बूढीगङ्गा नगरपालिका–३ का नरबहादुर सेरालाले बताउनुभएको छ । 

जिल्लामा ल्वार, नेपाली, गन्धर्व, कामी, कडारा, चदारा, उखेडालगायतका थर भएका दलित बसोबास गर्दै आइरहेका छन् । उनीहरु एकअर्काले ल्याएको खानेकुरा खाने गरेका छैनन् । सेरालाले भन्नुभयो, “गैर दलितभन्दा दलित दलितबीचको छुवाछूत तथा अन्तरजातीय विभेदको अन्त्य गर्नुपर्छ ।” 

गैर दलितले गर्ने व्यवहार र विभेदभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्नुपर्ने बूढीगङ्गा नगरपालिकाका दलित वर्गले जोड दिएका छन् । उनीहरुले गैर दलितले आफूहरुलाई अपहेलना गरेको पानी छुनसमेत दिएन भन्नुभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्न आवश्यक रहेको अन्तर दलित छुवाछूत अन्तक्र्रिया कार्यक्रममा सहभागी बूढीगङ्गा नगरपालिका–२ बजेडीकी ललिता ल्वारले बताउनुभएको छ । उहाँले भन्नुभयो, “दलितले एकै भान्सामा पकाएको खाना, एकै गाग्रीमा ल्याएको पानी खान नसक्ने हामी दलित वर्गका मान्छेले गैर दलितले छुवाछूत ग¥यो भन्नु गलत सोचाइ हो ।” 

ल्वारले खाना पानी र एकआपसमा विभेद तथा अन्तरदलितको थरको छुवाछूतको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर दलितबीचको छुवाछूत र विभेद अन्त्य गर्नसके गैर दलितसँग जातीय विभेदविरुद्ध लड्न सहज हुने बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपालीले बताउनुभएको छ । उहाँले गैर दलितभन्दा पनि दलित–दलितबीचको एकता, छुवाछूत तथा विभेदलाई अन्त्य गर्न दलितका नेतृत्व वर्गले अग्रसर हुनुपर्ने अध्यक्ष नेपालीको भनाइ छ । 

अध्यक्ष नेपालीले गैर दलितले गरेको अन्याय र छुवाछूतका अन्तरदलित छुवाछूतलाई न्यूनीकरण गर्न नगरपालिकाले सचेतना कार्यक्रम गर्दै लैजानुपर्ने बताउनुभएको छ । बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तारा खातीले दलित–दलित अर्थात् अन्तर दलितबीचको छुवाछूत अन्त्य गर्नका लागि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । उहाँले नगरपालिकालाई जातीय छुवाछूतमुक्त नगर बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

 बूढीगङ्गा नगरपालिकाको आर्थिक सहयोग तथा बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कले आयोजनामा उक्त अन्तक्र्रिया कार्यक्रम शनिबार सोही नगरपालिका १, २ र ३ वडाका ५५ जना दलितको सहभागिता रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य