2026-07-10 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा अझै पनि जातीय छुवाछुत र विभेद कायमै

2019-06-30

असार १५,  बाजुरा | दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन । 

लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र छुवाछूत, चालचलनलाई अन्त्य गर्न नसक्दै दलित–दलितबीचको विभेद कायमै रहेको दलित अगुवाले बताउने गरेका छन् । 

जिल्लामा बस्दै आएका विभिन्न थरमा दलितबीचको समन्वय भए पनि उनीहरुले एक अर्काको हातको पानीसमेत चल्दैन । ल्वारले नेपाली, सेरालाले कामी, गन्र्धवले कडारालगायतका थर भएका दलितले छोएको पानी र पकाएको खाना मात्र नभई घरभित्र जान नदिने प्रचलनको अन्त्य हुनुपर्ने बूढीगङ्गा नगरपालिका–३ का नरबहादुर सेरालाले बताउनुभएको छ । 

जिल्लामा ल्वार, नेपाली, गन्धर्व, कामी, कडारा, चदारा, उखेडालगायतका थर भएका दलित बसोबास गर्दै आइरहेका छन् । उनीहरु एकअर्काले ल्याएको खानेकुरा खाने गरेका छैनन् । सेरालाले भन्नुभयो, “गैर दलितभन्दा दलित दलितबीचको छुवाछूत तथा अन्तरजातीय विभेदको अन्त्य गर्नुपर्छ ।” 

गैर दलितले गर्ने व्यवहार र विभेदभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्नुपर्ने बूढीगङ्गा नगरपालिकाका दलित वर्गले जोड दिएका छन् । उनीहरुले गैर दलितले आफूहरुलाई अपहेलना गरेको पानी छुनसमेत दिएन भन्नुभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्न आवश्यक रहेको अन्तर दलित छुवाछूत अन्तक्र्रिया कार्यक्रममा सहभागी बूढीगङ्गा नगरपालिका–२ बजेडीकी ललिता ल्वारले बताउनुभएको छ । उहाँले भन्नुभयो, “दलितले एकै भान्सामा पकाएको खाना, एकै गाग्रीमा ल्याएको पानी खान नसक्ने हामी दलित वर्गका मान्छेले गैर दलितले छुवाछूत ग¥यो भन्नु गलत सोचाइ हो ।” 

ल्वारले खाना पानी र एकआपसमा विभेद तथा अन्तरदलितको थरको छुवाछूतको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर दलितबीचको छुवाछूत र विभेद अन्त्य गर्नसके गैर दलितसँग जातीय विभेदविरुद्ध लड्न सहज हुने बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपालीले बताउनुभएको छ । उहाँले गैर दलितभन्दा पनि दलित–दलितबीचको एकता, छुवाछूत तथा विभेदलाई अन्त्य गर्न दलितका नेतृत्व वर्गले अग्रसर हुनुपर्ने अध्यक्ष नेपालीको भनाइ छ । 

अध्यक्ष नेपालीले गैर दलितले गरेको अन्याय र छुवाछूतका अन्तरदलित छुवाछूतलाई न्यूनीकरण गर्न नगरपालिकाले सचेतना कार्यक्रम गर्दै लैजानुपर्ने बताउनुभएको छ । बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तारा खातीले दलित–दलित अर्थात् अन्तर दलितबीचको छुवाछूत अन्त्य गर्नका लागि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । उहाँले नगरपालिकालाई जातीय छुवाछूतमुक्त नगर बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

 बूढीगङ्गा नगरपालिकाको आर्थिक सहयोग तथा बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कले आयोजनामा उक्त अन्तक्र्रिया कार्यक्रम शनिबार सोही नगरपालिका १, २ र ३ वडाका ५५ जना दलितको सहभागिता रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो