२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

स्वास्थ्य संस्थालाई पानी शुद् बनाउने उपकरण प्रदान

१५ असार २०७६, आईतवार ०६:५७

असार १५, बाँके | प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षात्को समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानीसम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो । 

महाशाखाका धनप्रसाद पौडेलले वर्षात्का बेलामा खानेपानीको मुहान दूषित भई पानीका माध्यमबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने पानीको अवस्था जाँच गर्ने उपकरण उपलब्ध गराइएको बताउनुभयो । 

उहाँका अनुसार पानीमा क्लोरिनको अवशेष, पानीको पिएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न चार वटा पारामिटर परीक्षण गर्न सकिनेछ । सो कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका डा सुदनराज पन्थी, जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याव टेक्नोलोजी निरीक्षक भोला अधिकारीलगायतले अनुशिक्षण गर्नुभएको थियो । 

बाँकेको खजुरामा झण्डै ९७ प्रतिशत साक्षर

बाँकेको खजुरा गाउँपालिकामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेका छन् । कूल ३८ हजार ९०१ जनसङ्ख्या रहेको सो गाउँपालिकामा सो उमेर समूहका ३७ हजार ८१६ जना साक्षर रहेको अध्यक्ष किस्मतकुमार कक्षपतीले बताउनुभयो । 

उहाँका अनुसार साक्षर घोषणा भइसकेको उक्त गाउँपालिकालाई पूर्ण साक्षर बनाउन अभियान सञ्चालन गर्न योजना बनाइएको छ । सो गाउँपालिकामा हाल ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय तथा सामुदायिक क्याम्पस एक-एक, निजी क्याम्पस दुई र प्राविधिक नमूना विद्यालय सञ्चालन भइरहेका छन् । 

अध्यक्ष कक्षपतिका अनुसार करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा गाउँपालिका क्षेत्रलाई शैक्षिक केन्द्रका रुपमा समेत अगाडि बढाउन थालिएको छ । सो गाउँपालिका–३ बीगाउँमा शनिबार वृक्षरोपण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, गाउँपालिका अध्यक्ष कक्षपति, उपप्रमुख एकमाया विकलगायतको वृक्षरोपणमा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य