२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

स्वास्थ्य संस्थालाई पानी शुद् बनाउने उपकरण प्रदान

२०७६, १५ असार आईतवार ०६:५७

असार १५, बाँके | प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षात्को समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानीसम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो । 

महाशाखाका धनप्रसाद पौडेलले वर्षात्का बेलामा खानेपानीको मुहान दूषित भई पानीका माध्यमबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने पानीको अवस्था जाँच गर्ने उपकरण उपलब्ध गराइएको बताउनुभयो । 

उहाँका अनुसार पानीमा क्लोरिनको अवशेष, पानीको पिएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न चार वटा पारामिटर परीक्षण गर्न सकिनेछ । सो कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका डा सुदनराज पन्थी, जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याव टेक्नोलोजी निरीक्षक भोला अधिकारीलगायतले अनुशिक्षण गर्नुभएको थियो । 

बाँकेको खजुरामा झण्डै ९७ प्रतिशत साक्षर

बाँकेको खजुरा गाउँपालिकामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेका छन् । कूल ३८ हजार ९०१ जनसङ्ख्या रहेको सो गाउँपालिकामा सो उमेर समूहका ३७ हजार ८१६ जना साक्षर रहेको अध्यक्ष किस्मतकुमार कक्षपतीले बताउनुभयो । 

उहाँका अनुसार साक्षर घोषणा भइसकेको उक्त गाउँपालिकालाई पूर्ण साक्षर बनाउन अभियान सञ्चालन गर्न योजना बनाइएको छ । सो गाउँपालिकामा हाल ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय तथा सामुदायिक क्याम्पस एक-एक, निजी क्याम्पस दुई र प्राविधिक नमूना विद्यालय सञ्चालन भइरहेका छन् । 

अध्यक्ष कक्षपतिका अनुसार करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा गाउँपालिका क्षेत्रलाई शैक्षिक केन्द्रका रुपमा समेत अगाडि बढाउन थालिएको छ । सो गाउँपालिका–३ बीगाउँमा शनिबार वृक्षरोपण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, गाउँपालिका अध्यक्ष कक्षपति, उपप्रमुख एकमाया विकलगायतको वृक्षरोपणमा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला