2026-09-01 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विदेश उड्दै शहर पस्दै, गाउँ रित्तिदै

प्रेम सुनार/मङ्सिर १२, गुल्मी । गाउँमै केहि गरेर देखाउने सोचका साथ छोराहरु विदेश गएका हुन् । कसैले खरले छाएको त्यो घरमा टिन हाल्ने , कसैले पल्लास्टर गर्ने त कसैले पक्की घर बनाउने सपनाहरु बोक्दै विदेश हिडेका थिए ।

तर विदेश गएको एक वर्ष नपुग्दै आफ्नो घर सजाउने , अरु खेतवारी जोर्ने सपनाहरु छोराहरुले विर्सदै जान्छन् ।अनि वुटवल , भैरहवाह, लगायतका शहरमा घडेरी किन्ने र वसाई सराई गर्ने तिर लाग्छन् ।

gulmi news copy

यहि कारणले गर्दा क्रमिक रुपमा गुल्मीका अधिकांस ग्रामिण भेग रित्तैदै छन् । एका दुई दशक पछि देश प्रदेशबाट गाउँ फर्किदा विरक्त लाग्छ । हिजोका ति तिन तले ढुङ्गाले छाएका घरहरु भत्कीएर भग्नावशेष जस्तै देख्न सकिन्छ । हिजो त्यस्तो धान फल्ने खेत र त्यस्तै कोदो मकै फल्ने वारीहरु अहिले वाँझीएर सार्वजानिक वन जस्तै बनेका छन् ।

उदाहरुणका लागि हामीले कुर्घा गाविसलाई लिएका छौं । केहि वर्ष पछि त्यस कुर्घा गाविस र त्यस आसपासका माथील्ला वस्तीहरुमा पुग्दा हिजोको त्यो गाउँ क्रमशः रित्तीदै गएको देखियो ।

वारीबाट पारीको जंगल देखाउँदै कुर्घाका समाज सेवी सुरेशचन्द्र अर्यालले भने–‘हेर्नुस् त्यो पारीको वन जंगलमा हिजो हराभरा गाउँ वस्ती थियो भन्दा अहिले कसले पत्याउला ? हिजो मेरै आँखाले देख्या त्यो ठाउँमा हराभरा वस्ती भएको अहिल अवस्था त्यस्तो छ ।’

कुर्घामा विदेश जानेहरुको संख्या बढि छ । जसका कारण कुर्घाको माथील्लो वस्ती रित्तो हुँदै गएको अर्यालले बताए । विदेश गयो कि शहर ताक्नै पर्ने लहर चलेकोले विस्तारै गाउँ रित्तिदै जाने चिन्ता बढेको अर्यालको भनाई छ ।

‘म आफै पनि माथी गाउँबाट तल वेसी खेतमा वसाई सराई गरेको हुँ अर्यालले भने–‘ तल आएर यो घर बनाएको १५ वर्ष पुग्यो । जुन घर बंगला बनाउन अहिले १० लाख भन्दा बढि लाग्छ तर यसपालीको भुकम्पले खल्काई दिए पछि डरले वाहिर छाप्रोमा सुत्दै–बस्दै आएका छौं ।’ वैशाख १२ गते भुकम्प आउँदा छोरा कृष्णप्रसाद लण्डनबाट आएको थियो घर भत्केपछि उसले वसाई सराईको सोच बनाएको छ अव यहाँबाट पनि छोराले कहाँ वसाई सार्ने हो भन्ने चिन्ता छ –अर्यालले भने ।

‘कुर्घा ४ मा रहेका धेरै जसो व्राम्हण समुदाय बसाई सराई गरे, अहिले हामीहरु मात्रै छौ’ स्थानिय दलित अगुवा कृष्णबहादुर बिश्वकर्माले. भने –‘मैले पनि छोरो विदेश गए पछि तल मोटरबाटोमा घडेरी किनेको छु घर बनाएर सर्ने सोचमा छु ।’

कुर्घा–५ भुवाचिदीका पुराना समाज सेवी नरहरी सपकोटाले अलिकती कमायो कि सुख–सुविधा खोज्ने प्रबृद्धिले यस्तो भएको बताए । तत्कालिन जिल्ला पञ्चायतको सदस्य र पुर्खेयौली घर वामीका प्रधानपञ्च समेत रहेका सापकोटाले भने–‘ मैले चाहेको भए त्यति वेला तम्घास बजारमा घर बनाउन पनि सक्थे तर मैले त्यो चाहिन गाउँ कै खेतवारी मै रमाउनु पर्छ भनेर यतै वसे ।’

उनले थपे–‘ अहिले भारतले हामीलाई नाकावन्दी गरेको होईन चेतना दिएको हो । गाउँबाट शहर पस्ने, अरुले उत्पादन गरेको वस्तुको आश गरेर बस्ने, आफुले घरमा केहि नगर्ने, अरुलाई कजाएर खाने अहिलेका अल्छी नेपालीहरुलाई यसपालीको नाकावनदीबाट चेत पस्नै पर्छ ।’ जिल्ला पञ्चायतको सदस्य रहँदा जनताहरु संगै आफुहरुले पनि गैची चलाएर तानसेन तम्घास सडक खनेको अनुभव सुनाउँदै उनले प्रश्न गरे ल भन्नुस अहिले कुन चाँही नेताले आफै वाटो खन्छ ? यहाँ सम्म कि उसले नियमित अनुगमन समेत गर्न आउँदैन् ।

आत्मनिर्भता आफैबाट सुरु गर्नु पर्छ भन्दै मैले पसल हुँदाहुँदै पनि गाई भैसी पालेको छु तेल महँङ्गो भएको चिन्ता मलाई छैन घर मै घिउ टन्न छ । हिजो त वर्षमा दुईचार टिन घिउँ म आफै पाल्पा वुटवल सम्म वोकेर बेच्न जान्थे र त्यहाँबाट नुन वोकेर आउँथे ’– उनले आफ्नो अनुभव सुनाए । उनले ग्याँस र विधुतका लागि समेत अरुको मुख ताक्न नपरेको बताए । ‘गाई भैसी पालिएको छ त्यसको गोवरबाट ग्याँस चुलो चलाईएको छ, वत्ती पनि निर्धक्क वालिएको छ अहिले भारतको नाकावन्दीले मलाई केहि फरक पारेको छैन’– सापकोटाले थपे –‘पारेको भए उनै यो गाउँ छाडेर शहर पस्नेहरुलाई पारेको होला ।’

कुर्घा भुवाचिदीका समाज सेवी ज्ञानहरी सापकोटाका अनुसार कुर्घा वडा नम्वर १ र २ का ७८ घरधुरी मध्ये अहिले वसाई सराईका कारण जम्मा ३४ घरधुरी रहेका छन् । वडा नम्वर ४ को माथील्लो वस्ती , वडा नम्वर ६, ७, ८ र ९ को अवस्था पनि वडा नम्वर १ र २ को जस्तै रहेको सापकोटाले बताए । उनका अनुसार केहि वर्ष अघि सम्म कुर्घामा ८ देखि ९ सय घरधुरी रहेकोमा अहिले जम्मा ६ सय ५० घरधुरी रहेका छन् ।

कुर्घा मात्र होईन छिमेकी गाविस वामी, अर्लाङ्गकोट , यता आँपचौर, तुराङ्ग, रुपाकोट लगायत खोलालाईनमा रहेका हरेक माथील्लो भेगका मलिला वस्तीहरु अहिले वसाई सराईका कारण रुखो जंगलमा परिणत भएका छन् । कुर्घा सहित त्यस क्षेत्र नम्वर १ का अधिकांस गाविसहरुका माथील्ला वस्तीहरु वसाई सराईका कारण रित्तिदै गएका छन् ।

क्षेत्र नम्वर १ मा मात्र होईन क्षेत्र नम्वर ३ बाट पनि वसाई सराईका कारण अधिकांस गाउँहरु रित्तिदै गएका छन् । ति क्षेत्र भन्दा केहि सुगम मानिने क्षेत्र नम्वर २ मा पनि वसाई सराईको क्रम अहिले बढ्दै गएको छ ।

तर गाउँ छाडेर तराई र अन्य शहरमा वसाई सराई गर्नेहरुले यति वेला भारतिय नाकवन्दीको मार सहे पछि किन आईछ बेकारमा त्यही गाउँ नै ठिक रहेछ छ भन्दै पछुताउन थालेका छन् ।

गुल्मीको बडागाउँबाट भैरहवामा तिन तले पक्की घर हावा एसी लगायतको सुविधा लिदै बसाई सराई गरेका गोकर्ण सुनार भन्छन–‘ भारतिय नाकवन्दीको असर गाउँ मै भएको भए यति सम्म पर्दैन्थ्यो । अहिले त गाउँ नै ठिक लाग्यो । ’

तस्वीरः कुर्घा र आँपचौरको सिमानामा एक समयको हराभरा गाउँ वस्ती अहिले रुखो वन जंगल जस्तो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला