2026-09-14 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जामा बाँदर आतङ्क, नियन्त्रणका लागि गाउँपालिकाले छुट्यायो बजेट

असार १७, स्याङ्जा | स्याङ्जाको विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतङ्कबाट हैरान बनेका छन् । किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी  र फलफूलमा पु¥याएको क्षतिले किसान निराश बनेका छन् । विहादी –४ लिङसियाकी रन्नता पाठकले भन्नुभयो, “बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पा¥यो पा¥यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो ।” 

वानरकै कारण पाँच रोपनी जमीनमा लगाएको तरकारीका साथै फलफूल खेतीसमेत गर्न छाड्नुपरेको बताउँदै पाठकले खाना र भाँडासमेत वानरले बोकेर लैजान थालेकाले बसाइँसराइ सरेर जाने क्रम बढेको जानकारी दिनुभयो ।  सोही गाउँपालिका ५ उरामका एकनारायण काफ्लेले वानरले तीन रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै खाएर सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकाका ३३ प्रतिशत मकै वानरले खाइसकेको जानकारी दिँदै यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको बताउनुभयो । गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको बताउँदै कुनै त्यस्तो खालको प्रविधि भएका खण्डमा नियन्त्रणका लागि प्रयोग गर्ने योजनामा रहेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले