२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

नगरपालिकाले गर्यो बारुणयन्त्र खरीद

२०७६, १७ असार मंगलवार ०५:५३

असार १७, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरीद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो ।

सांसद साझेदारी कार्यक्रमअन्तर्गत रु ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरीद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताउनुभयो । नगरपालिकाले बारुणयन्त्र खरीद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् ।

कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते