२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पहिरोको जोखिमले स्थानीय त्रसित, भन्छन निन्द्रनै लाग्दैन

१७ असार २०७६, मंगलवार ०८:५७

असार १७, डोटी | जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दालाई हिजोआज बाढी र पहिरोको चिन्ता बढ्न थालेको छ । वर्षा यामसँगै ग्रामीण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले यहाँका बासिन्दामा चिन्ता बढ्न थालेको हो । 

वर्षाको समय शुरु भएकाले यहाँका बासिन्दालाई कतिबेला कहाँबाट बाढी र पहिरो आउने हो भन्ने चिन्ताले पिरोलिरहेको शिखर नगरपालिका–११ बारपाटाका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन्, राति ठूलो पानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्रा पनि पर्दैन ।” जिल्लाको शिखर नगरपालिका–१० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढी र पहिरोले दुःख दिने गरेको छ । सेती नदीमा पानीको बहाव बढेसँगै बारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन् । सेती नदी किनारको अधिकांश बस्ती र जमीन पनि बाढीको उच्च जोखिममा छ ।   

त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा वर्षा शुरु भएसँगै सायल गाउँपालिका–४ बावनसेनका बासिन्दालाई चार वर्ष अगाडिको कहाली लाग्दो रातको सम्झनाले सताउने गर्दछ । विसं २०७२ साउन २३ गते आएको भारी वर्षाका कारण बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान जानका साथै उक्त क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमीन, पशुचौपायासमेत बाढीले बगाएको थियो । सोभन्दा अगाडिका वर्षमा यहाँ प्राकृतिक प्रकोपका घटना भएकाले यस वर्ष मनसुन शुरु हुनुअगावै जिल्लामा दैवी प्रकोप पूर्वतयारीलाई पूर्णता दिइएको छ । जिल्ला सदरमुकाममा विपत् पूर्वतयारीका विभिन्न कार्य गरिएका छन् । जिल्लाको विपत् प्रतिकार्य योजना अध्यावधिक गरिनाका साथै स्थानीय समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सङ्घ संस्थालाई सम्भावित प्रकोपमा उद्धारका लागि  जुट्न तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मनसुन शुरु भइसकेको त छैन, तर हामीले स्थानीयस्तरदेखि जिल्लास्तरसम्म विपत् व्यवस्थापन समितिलाई पर्याप्त मात्रामा आवश्यक सामग्री प्रदान गरिसकेका छौँ, विपत् आइपरे समाधान गर्न तयारी अवस्थामा छौँ ।” जिल्लाका विभिन्न २२ स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानको पहिचानको आधारमा विभिन्न सङ्घ संस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले विपत् प्रतिकार्यका लागि सामुदायिक पहल (क्याड्रे) कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उक्त स्थानका समुदायमा प्रतिसमुदायमा १२ व्यक्तिलाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिनुका साथै आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताउनुभयो । 

जिल्लाको कति प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क नभए पनि उच्च पहाडी भाग तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाको आधारमा जोखिमयुक्त स्थान पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । डोटीमा बाढी पहिरोमा परी चालू आर्थिक वर्षमा मात्रै नौ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला