२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मानव अधिकार उल्लङ्घनमा सबैभन्दा बढी बलात्कारका घटना

१७ असार २०७६, मंगलवार १०:२२

असार १७,  खोटाङ  | गएको छ महीनामा खोटाङ जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएकोे पाइएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा जिल्लामा १४ बलात्कारसम्बन्धी घटना भएका थिए । 

‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को पूर्व अर्धवार्षिक समीक्षा’मा गत पुस–१५ देखि हालसम्मका प्रतिनिधिमूलक घटना प्रस्तुत गरिएको थियो । यस अवधिमा छ बलात्कार तथा आठ बलात्कार प्रयासको घटना भएको इन्सेक प्रतिनिधि रामधन राईले जानकारी दिनुभयो । 

इन्सेकको अभिलेखअनुसार बलात्कारका घटनामा बालिका बढी पीडित भएका थिए । जिल्लामा चार बालिका तथा दुई महिलामाथि बलात्कारको घटनासम्बन्धी तथा  पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको उजुरी दर्ता भएका थिए । 

बलात्कार प्रयाससम्बन्धी मुद्दाका चार आरोपीले भने सफाइ पाइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । “पीडित भनिएकाले रिसिइबीका कारण मुद्दा दर्ता गराएका रहेछन्”,उहाँले भन्नुभयो, “प्रहरीमा उजुरी आएपछि घटनाका बारेमा अनुसन्धान गर्दा उनीहरु निर्दोष रहेको पाएपछि पीडक भनिएकालाई अदालतले सफाइ दिएको थियो ।”

यस्तै हाडनातामा पर्ने एक बालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतले जनाएको छ । इन्सेकको प्रतिवेदनअनुसार दुई महिलाको हत्या, दुई महिलालाई कुटपिट गरी घाइते बनाइएको र एक जनालाई हत्याको प्रयास गरिएको घटना दर्ता भएका थिए । 

छ महीनाको अवधिमा जिल्लामा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य