२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला अस्पताल एम्बुलेन्सविहीन

२०७६, १७ असार मंगलवार १०:३५

असार १७,  स्याङ्जा | जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् ।  एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 

बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर अन्यत्र लैजानुपर्ने हुन्छ । अरु सवारीसाधनमा यसका लागि गाह्रो हुन्छ । पुतलीबजार नगरपालिका–३ का रवीन्द्र श्रेष्ठ एम्बुलेन्स नहुँदा पटक पटक सास्ती भोग्नुपरेको बताउनुहुन्छ । जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा अमृत पोख्रेलले बिरामीले ट्याक्सीको भर पर्नुपरेको बताउनुभयो । “अहिलेसम्म कतैबाट सहयोग पाउन सकेका छैनौँ”,उहाँले भन्नुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले विगतमा बिग्रिएको एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर सञ्चालन गरे पनि एक वर्षयता मर्मत गर्न नसकिएको बताउनुभयो । “मर्मत गर्दागर्दै हैरान भएपछि एम्बुलेन्स थन्क्याएका हौँ”, उहाँले भन्नुभयो । 

दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ । उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मङ्गलबार भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा ग १६ प ९१२४ को स्कुटर दुर्घटना हुँदा त्यसमा सवार क्षेत्री र चालक राजेश केसी घाइते भएका थिए । स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने