2026-07-10 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

दोषी लाई कडा भन्दा कडा कारबाही हुनुपर्ने नगर प्रमुखको माग

2019-07-02

सुनिल कुँवर | असार १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामीको विभत्स हत्या भएको छ । उक्त घटनामा सग्लग्न दोषीलाई कडा भन्दा कडा कारबाहिको माग नगर प्रमुख धनबहादुर बिष्टले गरेका छन् | दोषीलाई कारबाही नभए कालंगा हाड्रोपावरले ठुलो क्षति बेहेर्नु पर्ने चेतावनी उनले दिएका छन् | उनले भने " हाम्रा  बुबा बाजेले भारी बोकेर खाए, यस्तो अत्त्याचार  चाहिएको छैन  यस्तो अन्याय सह्य छैन , विकासको नाममा मान्छे मार्न पाइदैंन  " 

 बलत्कार पछि हत्या गरिएको  स्थानीयले संखा गरेका छन् |  घटनामा संलग्न  कालङ्गा हाइड्रो प्रा.लिको जेसीबी ड्राइभरले यो घटना घटाएको हुन सक्ने स्थानीयको भनाइ छ । ललिता संगैको साथीको बयानका अनुसार उक्त जेसिबी ड्राइभरसंग ललिताको बेला-बेलामा फोन सम्पर्क तथा भेटघाट हुने गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी निरीक्षक जनक धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त जेसिविका चालकलाई नियन्त्रणमा लिएको र शवको पोस्ट मार्टम बिना र सत्य/तत्य तथा सोधपुछ नभएसम्म हत्यारा को हो भन्ने बिषयमा छुट्याउन नसकिने प्रहरी निरीक्षक जनक धामीले बताएका छ्न् ।

स्थानीय र विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी र दुईवटा टिप्पर तोडफोड गरेका छन् |  उनको शवसंगै एउटा लाभा कम्पनीको मोबाइल, खुट्टामा एउटा फ्लाइट चप्पल भेटिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो