Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : हेलिकप्टरबाट आमा र शिशुको उद्धार

२०७६, १७ असार मंगलवार १७:००

असार १७, बागलुङ । शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उहाँको नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी विकलाई बुधबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । डा कृष्णहरि श्रेष्ठ र डा दिलीप कोजुलगायतको टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए । पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा शिशुको उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख दीपक तिवारीले बताउनुभयो ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । हेलिकप्टरदेखि उपचारमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्ने जनाइएको छ । उद्धारमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलगायत खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ