२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आगामी २० र २१ गते वामीमा हुने नौमती बाजा प्रतियोगीताका लागि उपसमिति गठन

२०७२, १५ मंसिर मंगलवार २०:०८

अनिश गैरे, मङ्सिर १६, गुल्मी । वामी विश्व सम्पर्क मञ्चको आयोजनामा आगामी मँसिर २० र २१ ग्ते हुन गईरहेको नौमती बाजा प्रतियोगीताको बिषयमा आज बिबिध छलफल तथा कार्य बिभाजन गरिएको छ । महेन्द्र आद्रर्श उच्च मावि वामीटक्सारमा शिक्षक, वुद्धिजीवी र व्यापारीहरु बिच भेलाले आज बिबिध छलफल तथा कार्य बिभाजनको लागी विभिन्न उपसंयोजक गठन गरिएको छ ।

मञ्चकी उपाध्यक्ष डिलाराम खरालको अध्यक्षतामा सम्पन्न भेलामा मञ्च समन्वय समितिका कोषाध्यक्ष बैकुण्ठ रायमाझीका बिशेष उपस्थिती रहेको थियो । भेलाले नवीन कक्षपतिको संयोजकत्वमा मञ्च ब्यबस्थापन उपसमिति, सुर्दशन शाक्यको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, मृगेन्द्र प्रसाद रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, महेश्वर घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ त्यसैगरी डिलाराम खरेलको संयोजकत्वमा सुरक्षा उपसमिति, सरोजराज बौद्धाचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सर्मिस्ता शाक्यको संयोजकत्वमा ब्याज, माला, खानेपानी ब्यबस्थापन उपसमिति बुद्धि प्रसाद शर्माको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति, र तेजेन्द्र जिसीको संयोजकत्वमा प्रबेश पास उपसमिति गठन गरिएको छ ।

भेला मञ्चका सचिब सरोजराज बौद्धाचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । मञ्चको आयोजनामा आगमी मँसिर २० र २१ गते बिबिध साँस्र्कतिक कार्यक्रम आयोजना हुँदैछ । जसमा नौमती बाजा प्रतियोगीता, दोहारी गीत प्रतियोगीता हुनुका साथै बिबिध साँकृतिक प्रस्तुती समेत रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ