२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु

१८ असार २०७६, बुधबार ०९:१५

असार १८,  पाल्पा | पाल्पा पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया (नाम परिवर्तन) विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् ।  

“घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्यालय गएर मात्र के गर्नु भनेर बिहे गर्ने तयारीमा छु”,मनमायाले बताइन् । “सानै उमेरमा बालिकालाई विवाह गर्न बाध्य पार्ने हाम्रो सामाजिक संस्कार यस्तै छ”,सो विद्यालयका प्रधानाध्यापक नवलसिं बिरकट्टाले भन्नुभयो, “विशेष गरी गरीबी र चेतना अभावका कारण सानै उमेरमा विवाह गरेर पढाइ छाड्ने बालिका धेरै छन् यहाँ ।” 

सोही विद्यालयकै कक्षामा ६ पढ्दै गर्दा फुलमाया (नाम परिवर्तन) को पनि बिहे भयो । उनी पनि बिहे गरेपछि विद्यालय आउनै छाडिन् । उनलाई पढ्ने उमेरमा विद्यालयभन्दा पनि घरधन्दाको बोझ थपिएपछि बीचमै विद्यालय छाड्न बाध्य भइन् ।

“घरपरिवार आफन्त सबैले बिहे गर्न दबाब दिए, बिहे गरेपछि पनि पढ्छु भनेको थिए तर घरबाट पठाएनन्, घरायसी कामधन्दाले एकछिन पनि फुर्सद छैन”, उनले भनिन् । पढ्ने रहर भए पनि घर परिवारमा पढ्ने वातावरण नै नभएको उनी बताउँछिन् । 

सोही विद्यालयमा पढ्ने श्यामबहादुर र बाटुली (नाम परिवर्तन) ले पनि विवाह गरे । उनीहरु विवाह नहुञ्जेलसम्म नियमित विद्यालय आउने जाने गर्थे । विवाह भएपछि अहिले नियमित विद्यालय आउनै छाडेका छन् ।

यो विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने अधिकांश बालिका रहेका छन् । वर्षेनी पाँच÷सात जनाको हाराहारीमा विद्यालय उमेरमा नै विवाह गरेर घरजम गर्ने गरेको प्रधानाध्यापक बिरकट्टाले बताउनुभयो । 

“बिहेपछि बीचमै पढाइ छाड्ने अधिकांश छन् भने केही बालिका कहिलेकाहीँ मात्र विद्यालय आउने जाने गरेका छन्, बिहेपछि उनीहरुको पढाइमा नियमितता छैन”, उहाँले भन्नुभयो ।

‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिन्छ तर, पाल्पामा बालविवाह गर्ने र यसपछि बालिका यौन हिंसाको शिकार हुने क्रम बढ्दो देखिन्छ । नेपालको कानूनले २० वर्षमुनि विवाह गर्न निषेध गरेको छ । तर, कानूनबारे जानकारी नहुँदा र चेतना अभावका कारण धेरैजसो अभिभावकले विद्यालय उमेरमा नै छोरीलाई बिहे गरेर पठाउने गरिन्छ ।

कतिपयको पारिवारिक दबाब, कतिपयले आफ्नै रहरले बिहे गरी बालिका कलिलै उमेरमा घरजम गर्दै आइरहेका छन् । बिहे भएपछि बीचमै विद्यालय छाडेर घरायसी धन्दामा सीमित रहँदै आएको पाइएको छ । 

ग्रामीण भेगमा शिक्षाको चेतना अझै पनि अभिभावकसमक्ष नपुगेका कारण उमेर नपुग्दै आफ्ना सन्ततिको विवाह गरिदिँदा उनीहरु पढ्नबाट वञ्चित हुन पुगेको उहाँले बताउनुभयो । 

विद्यालयले बालविवाह न्यूनीकरणका लागि बेला बेलामा अभिभावकलाई बोलाएर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने गरीब, विपन्न र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायका परिवारमा उमेर नपुग्दै छिटो विवाह गरेर वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ ।

शहरोन्मुख हुँदै गरेका क्षेत्रमा बालविवाहको दर घट्दो अवस्थामा रहे पनि दुर्गम, विकट क्षेत्रका विद्यालयमा उमेर नपुग्दै बालिका विवाह गरेरबीचमै पढाइ छाडी घरजम गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो ।

“विद्यालयमा पुगेर अभिभावक, विद्यार्थीबीचमा बालविवाहले समाजमा निम्त्याउने परिणाम, कलिलै उमेरमा अभिभावक बन्दा स्वास्थ्यमा पार्ने असरजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, नगर शिक्षा अधिकृत अर्यालले भन्नुभयो । विद्यालय उमेरमा नै विवाह गरेपछि उनीहरु घरायसी कामको बोझका कारण विद्यालय छाड्न बाध्य भएका छन् । पढ्ने चाहना हुँदाहुँदै पनि बीचमै पढाइ छाडेर घरजम गर्नुपर्ने बाध्यता छ ।

“विद्यालय पढ्न पुगेकी छात्रा १०÷११ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता हुन आउँछ । जसले उनीहरु पढाइ छाड्न बाध्य हुन्छन् । अहिले यो समस्या सामाजिक परम्परा बनिरहेको छ”, शिक्षा अधिकृत रमाकान्त अर्यालले भन्नुभयो ।

भएको नियम कानूनबारे चेतना नहुँदा पनि सानै उमेरमा विवाह गर्ने प्रचलनले बाल यौन हिंसा बढाएको छ, उहाँले भन्नुभयो, “सानै उमेरमा विवाह गर्दा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गई यसले बाल यौनहिंसासमेत बढाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला