२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसीमा दूधकोशीको पानी तान्ने काम तीव्र

१८ असार २०७६, बुधबार ११:५३

असार १८, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गरेर वितरण गर्ने गरी शुरु गरिएको खानेपानी आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । दूधकोशीको पानी लिफ्ट गरेर गाउँमा सुक्खाग्रस्त क्षेत्र हलेसी, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई वितरण गर्ने उद्देश्यले शुरु गरिएको बृहत् पम्पिङ प्रविधिको खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढाइएको हो ।  

करीब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार, वितरण केन्द्रको ट्याङ्की निर्माण र पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाढि बढाइएको छ । महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर अग्लो डाँडामा पानी निकालेर वितरण गरिनेछ । 

मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । “विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने काभ्रेमा निर्माण गरिने ट्याङ्कीमा जम्मा गरेर चार वटा वडाका उपभोक्तालाई वितरण गरिनेछ”,उहाँले भन्नुभयो, “एक हजार ७२४ मिटर उचाइ रहेको भुम्जुडाँडामा निर्माण गरिने अर्को ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताको घरघरमा पु¥याउने योजना बनाइएको छ ।”

दुवै स्थानमा निर्माणाधीन ट्याङ्की १२-१२ लाख लिटर क्षमताको हुने जनाइएको छ । काभ्रे र भुम्जु दुवै ठाउँमा चार-चार लाख लिटरको तीन-तीन वटा ट्याङ्की निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुखसमेत रहनुभएका निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिनुभयो

नजिकमा पानीको स्रोत नभएको, भएको स्रोत सुक्दै गएको र अन्यत्रबाट पानी ल्याउने सम्भावना कम भएका कारण नदीकै पानी लिफ्टिङ गरेर निकाल्ने आयोजना शुरु गरिएको जनाइएको छ । उत्तरी क्षेत्रमा पर्ने तापखोला, भाङ्गुखोला, चिमचिमाखोला र नाखामखोलाबाट उक्त सुक्खाग्रस्त क्षेत्रमा पानी लैजान सकिने सम्भावना भए पनि मुहान पाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । 

करीब दुई हजार २०० मिटर तल रहेको दूधकोशी नदीको पानी हलेसी क्षेत्रमा निकाल्न खानेपानी तथा ढल निकास विभागको टोलीले विस्तृत सर्भेक्षणको काम गरेको थियो । लिफ्टिङको मुख्य लाइनका लागि महादेव खिम्ती कन्स्ट्रक्सन र वितरणका लागि लामा कन्स्ट्रक्सन र सगरमाथा कन्स्ट्रक्सन प्रालि जेभीले जिम्मा लिएको छ । 

करीब रु एक अर्ब लगानीमा सम्पन्न हुने उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी तथा आसपासमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । 

सडकको सुविधा नभएका ठाउँमा बसोवास गर्ने स्थानीयवासी घण्टौँ लगाएर डोकोमा बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सात वटा वडामा उक्त रमस्या रहेको छ । मानिसले घण्टौँ टाढाबाट बोकेर ल्याएको पानी उपभोग गरे पनि पशुचौपायको लागि ज्यादै समस्या रहेको छ । वर्षायाममा घरको छानाबाट झरेको पानी पाइपमार्फत जम्मा गरेर उपभोग गर्दै आएका हलेसी तथा आसपासका स्थानीयवासी यस वर्ष भने अहिलेसम्म वर्षात् शुरु नहुँदा झनै समस्यामा परेका छन् । 

खानेपानी अभावकै कारण हलेसी आसपासका स्थानीयवासीको कतिपय बालबालिका विद्यालय जानबाट समेत वञ्चित भएका छन् । वैदेशिक रोजगारी तथा अन्य कामका सिलसिलामा अभिभावक घर बाहिर रहेका कतिपय परिवारका बालबालिका आफैँ पानी बोक्न जानुपर्ने बाध्यताले विद्यालय जानबाट वञ्चित हुने गरेका वडा नम्बर–३ च्यास्मिटारका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हलेसी नगर समितिका अध्यक्ष सुरेन्द्रकुमार राईले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसी क्षेत्रका कतिपय स्थानीयवासी खानेपानी अभावकै कारण बसाइँ सरेर अन्यत्र गइसकेका छन् । लामो समयदेखि पानीको समस्या झेल्दै आएका उक्त क्षेत्रका स्थानीयवासी ढिलै भए पनि नदीको पानी लिफ्ट गरेर निकाल्ने आयोजनाको काम अघि बढेपछि हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य