Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफा अवार्ड सरकारको विषय होइन : सञ्चारमन्त्री बाँस्कोटा

२०७६, १९ असार बिहीबार १४:५९

असार १९, काठमाडौँ  । सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताउनुभयो ।

हालै भएको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका विषयमा छलफल गर्नका लागि सैद्धान्तिक स्वीकृति मात्र दिएको उल्लेख गर्नुभयो ।

 उहाँले भन्नुभयो, “आइफाबारे नेपाललाई लाभ हुन्छ, भने छलफल गर्नका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । कुन विधि र प्रक्रियाबाट टुङ्गोमा पुग्ने भन्ने बाँकी नै थियो । यो एउटा ‘इभेन्ट विजनेश’को प्रश्न हो । त्यसमा सरकारले यति नै पैसा दिने भनेको थिएन, त्यसको फाइदा, घाटाका आधारमा निर्णय गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएन ।” 

उहाँले आइफाका लागि सरकारले पैसा दिने नभई सुरक्षा दिने मात्र भनेको उल्लेख गर्दै संसदीय समितिले दिने निर्णय निर्देशन विषय वस्तुको गहिराइमा पुगेर लिनुपर्ने धारणा राख्नुभयो । 

सरकार एकपछि अर्को निर्णय गर्दै पछि हट्दै गइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सम्पूर्ण विषयको निरुपण गनै संवैधानिक र कानून निर्माण गर्ने थलो संसद् भएकाले उसको निर्णयलाई सरकारलगायत सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

“सरकार एउटा प्रक्रियाबाट बन्छ, जुनसुकै सरकार भए पनि सरकारले गर्नुपर्ने काम आफ्नो ढङ्गले अघि बढाउने हो । संसद्मा पेश भएका कतिपय विषयबारे भन्नुपर्दा हाम्रो सम्पूर्ण कुराको समाधानको थलो संसद् हो । संसद्को सार्वभौमिकतालाई हामी सबैले सम्मान गर्नुपर्छ तर एउटा विचित्र के देखिन थालेको छ भने विषय वस्तुमाथि छलफल गर्नुभन्दा पनि दृष्टिकोणका आधारमा बहस र विवाद तीव्र बनाउने र भ्रम सिर्जना गरिदिने प्रवृत्ति देखा परेको छ, यसले नागरिकमा भ्रम फैलाएको छ”, उहाँले भन्नुभयो ।

विप्लवलाई वार्तामा आउन पुनः आह्वान 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द समूहलाई वार्तामा आउन पुनः आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामीले वार्ता पनि ग¥यौँ, वार्तालाई उहाँ (विप्लव समूह) ले  रुचाउनु भएन, अनुचित र गैर संवैधानिक कार्य गर्दै हिँड्नुभो, त्यसो भएपछि नियन्त्रणमा लिने र निस्तेज गर्ने सरकारको काम हो ।”

“फेरि पनि वार्ताको लागि सरकारको अनुरोध छ । वार्ताका लागि रातो कार्पेट बिछ्याउँदा पनि हिंसाको निम्ति वातावरण बनाइरहने, धम्क्याइरहने, त¥साहिरहने र चन्दा आतङ्क मच्चाउने हो भने यो जङ्गली राजलाई छुट दिन सकिन्न”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

 उहाँले वार्ताबाट भाग्ने कुरा ठीक नभएको भन्दै दुई तिहाइ जनमत प्राप्त सरकारले राजनीतिको नाममा हुने अपराधलाई निस्तेज पार्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “यो दुई तिहाइको सरकार सिमलको भुवाँ होइन । यो त्यतिकै आएको पनि होइन । देश र जनताका लागि के गर्नुपर्छ हामीलाई राम्ररी थाहा छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा