Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

२०७६, २० असार शुक्रबार ०७:००

संयुक्त राज्य अमेरिका, असार २०, रासस/सिन्ह्वा । अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । 

क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । 

अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । 

अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ । 

गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन् ।

क्यालिफोर्नियामा सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट क्यालिफोर्निया राज्यको दक्षिणी भूभागमा पर्दछ । करिब ६.६८ किलोमीटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको पत्ता लागेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।

क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । 

तर पनि क्षति भने दक्षिणी क्यालिफोर्नियामा बढी भएको अनुमान गरिएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको यहाँ भूकम्प गएको छ । 

भूकम्पपछि यहाँका केही स्थानमा आगलागी भएको पनि अधिकारीहरुले जनाएका छन् । तर ठूलो सङ्ख्याका उद्वारकर्मीहरु उद्वारको काममा खटिसकेका बताइएको छ । 

प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर  अस्पतालसम्म पु¥याइएको जनाइएको छ । 

भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट यहाँको बाक्लो आवादी रहेको क्षेत्रभन्दा धेरै नै पर रहेकोले क्षति कम भएको अनुमान गरिएको केही अधिकारीहरुको भनाई छ । 

क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति खराब नरहेको, नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ । भूकम्पलगत्तै उहाँले गर्नुभएको ट्वीटमा यस्तो बताउनुभएको हो ।

यहाँका भौगर्भिक अधिकारीहरुले भूकम्पपछि निरन्तर परकम्प गइरहेको जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले पराकम्पहरु गइरहेको भन्दै अरु पनि कैयौँ परकम्प जानसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा