२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

युवती हत्याको घटनालाई लिएर स्थानीय आक्रोशित, जलविद्युत आयोजनाको १५ करोड बढी क्षेती

२१ असार २०७६, शनिबार ०१:४२

सम्राट सिंह | असार २१, बझाङ | सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षती भएको आयोजना कार्यालयले जनाएको छ ।  

गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधब बोहराले हत्या स्विकार गरी सकेका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए ।

स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले शुक्रबार विहानै देखी आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड सुरु गरेका थिए । भिड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । 


नेपाल प्रहरी र ससस्त्र प्रहरीको थप बल बुङ्गल तर्फ परिचालन गरिएको भए पनि अराजक भिड नियन्त्रणमा नआएको डिएसपी सुर्यबहादुर केसीले बताए । 

उत्तेजक भिडले रनलेकमा रहेको मुख्य क्याप्प र कार्यालय,  विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षती पुर्याएको उनको भनाइ छ ।

‘१५ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान छ’ आयोजनाका संस्थापक विरेन्द मल्लले बताए । प्रशर्दनकारीहरुले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन ।  


मल्लले भने ‘तोडफोड अझै चलिरहेको छ । हाम्रा मान्छेहरु त्यहाँबाट लखेटिएका छन । कहाँ कति क्षती भएको छ भनेर विवरण संकलन गर्ने अवस्था नै छैन’ उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताए । 

स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरुमा तोडफोड गरेको आयोजना कार्यालयको आरोप छ । आफ्नै छोरीको मृत्यूको विषयलाई लिएर आन्दोलन भैरहेको भए पनि  मृतकका परिवारलाई यस विषयमा कुनै जानकारी नभएका ममताका बुवा कलक बहादुर धामीले बताए । उनले भने ‘प्रहरीले दोषीलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाइसकेको छ । किन आन्दोलन गरिरहेका छन भन्ने कुरा हामीलाई नै थाहा छैन । यो विषयमा हामी सँग कसैले सरसल्लाह पनि गरेको छैन ।’


माथिको तश्वीरमा: प्रर्दशनकारीले तोडफोड गरेका कालंगा लघुजलविद्युत आयोजनाका मेसिन तथा सवारी साधनहरु । तस्विर: सम्राट सिंह । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य