२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा बालश्रम न्यूनीकरण अभियान शुरु

२०७६, २२ असार आईतवार ०६:०३

असार २२, नुवाकोट | विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ ।

 अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । अन्तक्र्रियामा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बालश्रम न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको र विदुर नगरक्षेत्रलाई बालश्रमरहित बनाउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताउनुभयो । 

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले समाज विकासको अवरोधका रुपमा रहेको बालश्रम अन्त्यका लागि सबैभन्दा पहिला परिवार नै जिम्मेवार बन्नुपर्ने बताउँदै यसका कारकहरुको पहिचान गरी समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडालाई बालश्रम न्यूनीकरणका लागि नमुना वडाका रुपमा बिकसित गरिने बताउँदै बालश्रमको स्रोत र गन्तब्य बन्ने संभावनाको अन्त्य वडाको अभिष्ट रहेको स्पष्ट पार्नुभयो ।

वडा नं ४ भित्रका सहकारी संस्था, महिला स्वयंसेविका, होटल व्यवसायी, यातायात व्यवसायी र विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधि सहभागी कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुएका विष्णबहादुर खत्रीले बालश्रम न्यूनीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देवकोटाले अभियानको सार्थकताका लागि सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । 

यसअघि बिहीबार विदुर नगरकार्यपालिकाका सदस्य र सरोकारवालासँग गरिएको अन्तक्र्रियामा बालश्रम न्यूनीकरणका सन्दर्भमा उपनाउनुपर्ने उपाय र आगामी रणनीतिका बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला