नेपालको सहकारी अभियानको शिर्षस्थ नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 नेपालको सहकारी अभियानको शिर्षस्थ नि"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आदर्श सञ्चारलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

२०७६, २२ असार आईतवार ०८:०८

असार २२, बागलुङ | सूचना सञ्चार र वित्तीय कारोबारसंगै सहकारीमार्फत समाज रुपान्तरणको क्षेत्रमा क्रियाशिल बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७४ प्राप्त गरेको छ ।

 नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले गण्डकी प्रदेशका तर्फबाट आदर्श सञ्चार सहकारी संस्थालाई उत्कृष्ट छनोट गरी नगद २० हजार रुपैया सहित पुरस्कृत गरेको हो ।

 सूचना तथा सञ्चार मार्फत सहकारी क्षेत्रको प्रवद्र्धन र सहकारीमार्फत समाज रुपान्तरणका क्षेत्रमा निरन्तर क्रियाशिल रही सहकारीको मूल्य मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध भई उत्कृष्ट काम गरेको भन्दै महासंघले संस्थालाई पुरस्कृत गरेको हो ।

 ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) लाई नगद तथा सम्मान पत्र सहित पुरस्कृत गर्नु भएको थियो । महासंघले ७ वटै प्रदेशबाट एक एक वटा सहकारीलाई पुरस्कृत गरेको हो ।

 महासंघले राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषणा गरि अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा नगद र प्रशंसापत्र सहित पुरस्कृत गर्दै आएको छ ।

  २०६३ साल मंसिर २७ गते स्थापना भई सूचना, सञ्चारका क्षेत्रमा निरन्तर क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरि जागरण दैनिक र २०६८ सालदेखि उक्त दैनिक पत्रिकाको सहप्रकाशन अग्रसर साप्ताहिक प्रकाशन गर्दै आइरहेको छ ।

 सूचना तथा सञ्चारसंगै बचत तथा ऋणको कारोबार समेत गर्दै आएको संस्थामा हाल १ हजार ४ सय जना शेयर सदस्य, ३ करोड भन्दा बढी शेयर रकम, १५ करोड बचत, १६ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

 सहकारीमार्फत समाज रुपान्तरणका क्षेत्रमा निरन्तर क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले थुप्रै सामाजिक काम समेत गर्दै आइरहेको छ । सूचना र सञ्चार र वित्तीय क्षेत्रको कारोबारमार्फत १५ जनालाई रोजगारी दिएको संस्थाले धौलागिरि टेलिभिजन सञ्चालनमा समेत सहकार्य गरेको छ ।

 साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सहकारी क्षेत्रमा सदस्यहरुको सहभागिता वृद्धि गर्न, सहकारीका समस्याको पहिचान र समाधानका लागि अभियानमुलक गतिविधि सञ्चालन गर्ने तथा सहकारीमार्फत आर्थिक विकासका विभिन्न खाले योजनाहरु अगाडि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । 

 १० वर्षे रणनीतिक योजनाका साथ अगाडि बढेको संस्थाले आर्थिक वर्ष २०८० को अन्त्यसम्म संस्थालाई यो क्षेत्रको सक्षम र प्रभावकारी सञ्चारगृहका रुपमा स्थापित गर्ने, ५ हजार भन्दा बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम, ४० करोड बचत र ५० करोड कर्जा लगानी गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते