2026-09-13 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पर्याप्त वर्षा नहुँदा दाङका अधिकांश खेत बाँझै

असार २२, दाङ । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका  अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै रहेको छ ।

कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीऊसम्म राखेका छन् । कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । 

छिटफुट रुपमा दाङमा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय भानु चौधरीले कुुलोमा केहिले पानी आउला र रोपाइँ गरौँला भनी कुरेर बसेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ।’’ उहाँले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने सम्भावना बढेको बताउनुभयो । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताउनुभयो । समयमा पानी नपरेपछि धानको बीऊ बोरिङको पानी प्रयोग गरेर राखेको बताउँदै उहाँले आफ्नो अधिकांश खेत आकासेपानीको भरमा रहेकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गर्नुभयो । 

तुलसीपुर नगरपालिका–६ रजौराका  ५५ वर्षीया ज्ञानु चौधरीले पनि पानी नहुँदा अहिलेसम्म एक कठ्ठा जमीनमा पनि धान रोप्न नसकेको बताउनुभयो । कृषि ज्ञान केन्द्र घोराहीले दाङमा हालसम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ  केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले दाङको देउखुरी, क्षेत्र, घोराही नगरपालिकाका  विभिन्न वडा, तुलसीपुर नगरपालिकाका केही वडामा धान रोपाइँ  भएको बताउनुभयो । 

उहाँले सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुन नसकेको बताउनुभयो । उहाँले धेरै ठाउँमा किसानहरुले ब्याड राखी, खेत जोतिसकेका र एक÷दुई दिनमा वर्षा हुने लक्षण देखिएको छ, वर्षा भएपछि रोपाइँ धमाधम हुने उहाँले बताउनुभयो । 

बस्नेतका अनुसार दाङमा अधिकाश किसानले राधा ४, हर्दिनाथ, रामधन,  सुख्खा १, सुख्खा ३, मनसुली जातको धानखेती गर्ने गरेका छन् । दाङमा ३९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । त्यसमध्ये केही जमिनमा सिँचाइ कुलो नहुँदा आकासे खेतीको भरमा समेत हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन