२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा एचआइभी सङ्क्रमण दर बढ्दै, जिल्ला भरि ९८० सङ्क्रमित

२०७६, २२ असार आईतवार ११:१०

विमलबहादुर विष्ट | असार २२, डोटी | डोटीमा पछिल्लो समय थुप्रै सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला अस्पताल डोटीका अनुसार, जिल्लाभर पहिचान भएका ९८० एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये ५० जना बालबालिका रहेका छन् । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेको मात्रै भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भुषण मिश्रले बताउनुभयो ।

अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उहाँको अनुमान छ । जिल्ला अस्पताल डोटीमा सञ्चालित एआरटी सेन्टरका अनुसार डोटीमा एचआइभी सङ्क्रमित ९८० मध्ये ५७० महिला, ३६० पुरुष र ५० जना बालबालिका रहेका छन् ।

समाजले हेलाँ गर्ने डरले एचआइभी सङ्क्रमित महिला खासै खुलेर आउन नसक्ने र उपचारसमेत गराउन नआउने गरेका कारण जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । एचआइभी सङ्क्रमितमध्ये ५१८ जनाले नियमितरुपमा सम्पर्कमा रहेर औषधि सेवन गरिरहेको एआरटी सेन्टरका काउन्सिलर केपी रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने १०-१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमित जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गर्ने गरेका छन् । चेतनाको अभाव, सामाजिक भेदभाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमित चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान मेडिकल सुपरिन्टेन्डेन्ट डा मिश्रको छ ।

एचआइभीको सङ्क्रमितको रोकथामका लागि जिल्लामा विभिन्न सङ्घसंस्थाले काम गरिरहेको छ तर पनि यसको रोकथाम हुन सकेको छैन । डोटीमा एचआइभीका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क नभए पनि कम्तीमा १०० जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुनसक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान छ ।  

कामका लागि भारत गएका श्रीमानले असुरक्षित यौन सम्पर्कबाट सङ्क्रमणमा पर्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाइ छ । एचआइभीपीडित भएका यहाँका महिलाले समाजको भेदभावकोसमेत सामना गर्नु परिरहेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्था सिडिएफका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को गल्तीले सरेको रोगको सामना श्रीमतीले गर्नुपरेको छ ।”

एचआइभी सङ्क्रमित भएर भारतबाट घर फर्केकासमेत उपचारपछि पुनःकाम गर्न भारत जानेक्रम समेत बढेको छ । केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन् भने कोही समाजको डरले गाउँघरमै बसेर रोग लुकाउन बाध्य भएका छन् ।

समग्र सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ जनामा एचआइभी सङ्क्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपूरकले जनाएको छ । हालसम्म सुदूरपश्चिम भरमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४-०७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी-एड्सका कारण ज्यान गुमाइसकेका छन् । यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन् । 

एचआइभी सङ्क्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भए पनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग नगरेको आरोप लगाउनुभयो । स्थानीय सरकारसँग हामीले प्रस्ताव लिएर जाँदा तपाईंहरु त डलरको खेती गर्न सक्ने हामी के सहयोग गर्न सक्छौँ भनेर उल्टै जवाफ दिने गरेकोसमेत उहाँको गुनासो छ । 

“हामी त सङ्क्रमित भइसकेका छौँ, अब हाम्रो लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले सङ्क्रमित बचाउनका लागि विशेष कार्यक्रम बनाउनुपर्छ ।”

यति मात्र नभई डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिला आफू र बालबच्चा कसरी हुर्काउने भनेर चिन्तित हुने गरेको बताउँछन् । जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीयवासी डम्बर विष्टले भन्नुभयो, “पुरुषले रोग सार्ने, महिलालाई गाउँमा अनुहार देखाउन लाज हँुदैछ, यहाँको एचआइभी रोक्न ठोस कदम चाल्नु जरुरी भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो