२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला

२०७६, २३ असार सोमबार ०५:३७

असार २३, सुर्खेत | सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो । पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

त्यसैगरी, प्रहरीले आइतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाइ लुकाइछिपाई राखेको अवस्थामा मह बरामद गरेको हो ।

बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते