Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा खानेपानी अभावले गाउँ छाड्न बाध्य

२०७६, २३ असार सोमबार १०:४९

असार २३, डडेलधुरा | अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ । 

अजयमेरु –५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका गाल, मटेला, भण्डारी गाउँ, झिङनी, राजुल ओडिगाउँ लगायतका गाउँमा खानेपानीको चर्को अभाव हुन थालेको हो । पानी नहुँदा राति २ बजे उठेर खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी हरिलाल रावतले बताउनुभयो । पानी अभावकै कारण पढेलेखेका युवाहरुको गाउँप्रतिको मोह पनि मरेर गइरहेको उहाँको भनाइ छ ।

  खानेपानीको जोहो गर्दागर्दै अरु काम गर्न नपाइने भएकाले सर्वसाधारण दिक्क भएका छन् । बिना अध्ययन सडक निर्माण हुनु, पानीको मुहानको संरक्षणमा चासो नदेखाउनु तथा खानेपानीको समस्याप्रति सरोकारवाला निकायको बेवास्ताका कारण हिउँदमा वर्षौँदेखि देखिइने यो समस्या ज्यूँका त्यूँ रहेको गाल मटेलावासी बताउनुभयो । 

खानेपानीको अभाव भएपछि वर्षेनी गाउँबाट तराईतर्फ बसाइ सर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । कति घरपरिवारले दोहारो बस्ती बस्ने गरेको स्थानीय डम्बरसिंह पडालले बताउनुभयो । पानीकै कारण हिउँदमा गाउँलेहरु खोला किनारमा बास बस्ने गरेको पडालले बताउनुभयो ।

शुद्ध खानेपानीको आपूर्तिका विषयमा गाउँमा बेलाबेलामा कार्यक्रम सञ्चालन हुने गरेका छन् । तर यसको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । पानीको समस्याका कारण महिलालाई खाना पकाउने, भाँडा माझ्ने, गाईवस्तुलाई खुवाउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले दिनभर पिरोलिए स्थानीय पोषण सहजकर्ता मनिषा पालले वताउनुभयो । 

खानेपानी अभावकै कारण अजयमेरु गाउँपालिका–५ र ६ मा आर्थिक वर्ष २०७४-७५ मा ४४ पुरुष र ३२ महिला गरी कूल ७६ जनाले थातथलो छोडेर गएको तथ्याङ्क गाउँपालिकासँग रहेको वडासचिव केशव भट्टको भनाइ छ ।

अजयमेरु–५ का ५५९ घरपरिवार र वडा नं ६ का ४७८ घरधुरी खानेपानीको समस्यामा रहेका छन् । पानी कै समस्याका कारण कृषि उपजहरुको उत्पादन भरपर्दा नरहेको र पढेलेखेका युवाहरु अन्यन्त्र जानुपर्ने बाध्यता रहेको सचिव भट्टको भनाइ छ ।

पानीका मूलहरु नहुँदा समस्या झन बल्झिएको हो । अजयमेरु–५ मा एक मात्र पानीको नाउलो ९कुवा० छ। त्यहाँ वर्षा होस् या हिउँद, जहिले पानी लिन आउनेको घुइँचो हुन्छ। बिहान उठ्नेवित्तिकै महिलाहरू खानेपानीका लागि तछाड–मछाड गरिरहेका देखिन्छन्। “पालो कुर्दाकुर्दै घरको अरु काम गर्न समय नै हुँदैन”,स्थानीय लालबहादुर खड्काले भन्नुभयो, “धारो छैन, कुवाको पानी सबैले भरेर लिँदा धमिलो हुन्छ।” यहाँ जहिल्यै खानेपानी अभाव हुने गरेको छ। सुक्खा खडेरी, मौसम परिवर्तनले गर्दा मुहान सुकेपछि खानेपानी अभाव भएको हो। सदियाँैदेखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि पानी अभाव भएको स्थानीयवासी बताउछन् । 

“खानेपानी अभावले हाम्रो दैनिकी पानी जोहो गर्नमै बित्छ। घरायसी काममा लादिनुपर्ने महिलाले खानेपानी जोहो गर्न दिनरात कष्ट व्यहोर्ने गर्छ”,स्थानीयवासी खड्काले भन्नुभयो, “हरेक दिन पानीकै चिन्ता हुन्छ।” 

गाउँवस्ती नजिक मूल नहुँदा समस्या भएको र अब चाँडै नै सूर्नयावाट लिफ्ट सिँचाइका लागि डिपिआर तयार गरेर खानेपानी ल्याउने योजना रहेको अजयमेर गाउँपालिकाका उपाध्यक्ष कलावती भाणले जानकारी दिनुभयो । 

नुहाउन वा खानेपानी जोहो गर्नका लागि ३ घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता छ । पानीको समस्याका कारण गाउँभन्दा तीन घण्टाको पैदल दूरी खालो किनारमा वस्नु परेको छ । जसले गर्दा छोराछोरीको पढाइदिनचर्यामा प्रभाव परिरहेको गालगाउँका स्थानीयवासी जयराजसिंह खड्काले बताउनुभयो । पानीको मूल संरक्षणका लागि गाउँपालिकासँग कुनै ठोस योजना तथा नीति नरहेको उहाँले बताउनुभयो । तर अजयमेरु– ५ र ६ मा देखिएको खानेपानी समस्या समाधानका लागि डिपवोरिङ वा लिफ्ट सिँचाइ योजनाका लागि सम्भावना अध्ययन भइरहेको सो गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश