2026-09-13 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया र कैलाली जोड्ने पुल मर्मत नहुँदा जोखिममा

असार २५, बर्दिया | बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो ।

प्रदेश नं ५ र प्रदेश नं ७ लाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका–१ का बासिन्दा प्रभानन्द न्यौपानेले बताउनुभयो । कर्णाली नदीले धार परिवर्तन गरी पानी बग्न थालेकाले पुलको किनारमा ठूलो प्वाल परेको देखिन्छ । उहाँका अनुसार पुलको राजापुरतर्फको दुवै किनारमा नदीले तलबाट कटान गरेर ठूला ठूला प्वाल परेको छ । पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवतजावतमा समस्या परेको छ । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ । पुलको उत्तरतर्फ बनाइएको तटबन्ध भत्किने अवस्थामा पुगेपछि पुल उच्च जोखिममा परेको हो । रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि पुल निर्माण गरेपछि गत वर्षसम्म मर्मत गर्दै आएको थियो तर गत वर्षदेखि उक्त कम्पनीको मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् । स्थानीयवासीका अनुसार पुल निर्माण भएको एक वर्षपछि नै तारजाली भासिन थालेको थियो ।

वर्षायाम लागेसँगै नदीमा पानीको सतह बढ्न थालेपछि तारजाली भासिने गरेको बर्दिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो । “नदीमा पानीको सतह बढेसँगै पुलको किनारको तारजाली भासिँदै गएको छ”,उहाँले भन्नुभयो, “गत वर्षसम्म निर्माण कम्पनीले तारजाली भर्दै आए पनि यस वर्ष कसैले ध्यान नदिएका कारण पुल जोखिममा परेको हो ।”स्थानीयवासीले पुल संरक्षणका लागि नदीको बीचमा बनेका साना टापु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन् । कर्णाली चिसापानी पुलभन्दा तल कर्णाली नदीको बीचमा सयौँको सङ्ख्यामा टापु छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन