७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

२५ असार २०७६, बुधबार १०:२९

नीरज गौतम  | असार २५, बाँके | दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । 

सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ । सोमबार र मङ्गलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताउनुभयो । बाढीका कारण सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैँसी मरेका छन् । भैैँसीलाई बाढीले बगाएको थियो । 

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराउनुभयो । 

यसैगरी नेपालगञ्जमा परेको दुई दिन देखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन् । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन् । नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका छन् । 

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएकोे स्थानीयवासीको गुनासो छ । एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन् । 

नगर प्रमुख डा धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिनुभएको छ । “नाला सफा गर्ने मेशिन किन्दैछौँ, अर्को वर्षको वर्षात्अगावै नेपालगञ्जका सबै नाला मर्मत गरेर सफाइ गरिनेछ”, नगर प्रमुख राणाले भन्नुभयो । 

बाँकेको कोहलपुरमा ‘हरियाली अभियान

बाँकेको कोहलपुरमा ‘हरियाली अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिका–११ को चौबाटोदेखि दक्षिण चार लेन सडकको बीच भागमा रहेको ग्रीन बेल्टमा वृक्षरोपण गरी आजदेखि अभियानको शुरुआत गरेको छ । 

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले इन्द्रकमलको बिरुवा रोपेर हरियाली अभियानको शुभारम्भ गर्नुभएको हो । सो स्थानमा प्रत्येक पाँच मिटरको दूरीमा मुसुन्डा, इन्द्रकमल, क्रोटनलगायत प्रजातिका बिरुवा रोपन गरिएको छ । 

कोहलपुर नगरपालिकालाई हरित नगरपालिका बनाउने उद्देश्यले सञ्चालन गरिएको सो अभियानअन्तर्गत यो वर्ष एक हजार बिरुवा लगाउने नगर प्रमुख रावतले बताउनुभयो ।

नगरप्रमुख रावतसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारी, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक भद्र थापा,  कोहलपुर नगरपालिकाका प्रेस सल्लाहाकार भीम रावतलगायतले सो स्थानमा वृक्षरोपण गर्नुभएको थियो ।

स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण

कोहलपुर नगरपालिकाको संयोजन र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा कोहलपुर नगरपालिकाका वडाध्यक्ष, दलित महिला सदस्य र स्वास्थ्य चौकी प्रमुखका लागि स्वास्थ्य सेवासम्बन्धी दुईदिने क्षमता विकास तथा अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ । 

सो दुईदिने अभिमुखीकरण कार्यक्रमका सहभागीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका विधि र पद्दतिका बारेमा जानकारी गराइने नगर प्रमुख रावतले बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसीले अभिमुखीकरणबाट स्वास्थ्य सेवासम्बन्धी जिम्मेवारी तथा अधिकार, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको महत्व, उपयोग र पहुँचमा अभिवृद्धि, तथ्यमा आधारित सहभागितामूलक स्वास्थ्य योजनातर्जुमा तथा पालिका र वडास्तरमा योजना तयार पार्ने प्रक्रियाका बारेमा सहभागीले जानकारी प्राप्त गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने