पढ्न करिब 1 मिनेट लाग्छ

असार २५, कञ्चनपुर । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्ति दिएको हो ।

दुर्गादेवीले आफ्नो श्रीमान अर्की श्रीमतीसँग बाहिरै बसेको र आफूलाई परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएकि थिइन् । उनको निवेदनको आधारमा उनलाई 'डोर हाजिरी' मा नियुक्ति दिइएको नगरपालिकाले जानकारी दिएको छ ।

दुर्गादेवीलाई नगरपालिकाले दैनिक हाजिरीमा कार्यालयमा सघाउने गरि काम दिएको नगरपालिकाले जानकारी दिएको छ ।

यसैबीच भीमदत्त नगरपालिकाले निर्मला पन्तको सम्झना रहिरहोस् भनेर उनी पढेको विद्यालयमा निर्मला स्मृति पार्क निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर २ को उल्टाखामस्थित सरस्वती मावि परिसरमा करीव ७ लाखको लगानीमा स्मृति पार्क निर्माण गर्न लागेको मेयर विष्टले बताए । नगरपालिकाले निर्मला हत्यापछि महिलाको सुरक्षाका लागि विद्यालयदेखि विश्वविद्यालयसम्मका छात्रालाई सेल्फ डिफेन्स तालिम दिन थालेको छ ।