2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एघार करोड ५३ लाख लागतमा त्रित्रिमावि निर्माण

असार २५, विदुर । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय रु ११ करोड ५३ लाखको लागतमा निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ७० वर्ष पुरानो  विद्यालयका पुराना भवनहरु भत्केका थिए ।

नमूना विद्यालयका रुपमा रहेको सो माविका नयाँ भवन निर्माण भएसँगै जीर्ण अवस्थाका भवनमा पठनपाठन गराउनुपर्ने बाध्यताबाट छुट्कारा पाइएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । 

दवाडीका अनुसार जिल्लाकै सबैभन्दा पुरानो विद्यालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय एकाइ तथा एशियाली विकास बंैकको आर्थिक सहयोग रहेको थियो ।

उहाँ भन्नुहुन्छ, “हाम्रो यस विद्यालयमा अध्ययनरत विद्यार्थी एक हजार १८३ जना रहेका छन् । नवनिर्मित भवन बालमैत्री, अपाङ्गमैत्री, शान्त र सुरक्षित बनेको छ ।”

विसं २००७ मा निर्मित विद्यालयले नुवाकोट, रसुवा र धादिङ जिल्लाका विद्यार्थीका लागि छात्रावाससमेत सञ्चालन गरेको विद्यालयले जानकारी दिएको छ ।

जेहेन्दार र गरीब विद्यार्थी सो छात्रावासमा राखिएको छ । छात्रावासमा अहिले २० विद्यार्थीलाई खाने, बस्ने र पढ्ने सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले