Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण

२०७६, २६ असार बिहीबार ०९:०४

असार २६, डोटी | जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । 
पूर्वीचौकी गाउँपालिकामा रहेको २०० भन्दा बढी एचआइभी सङ्क्रमितमध्ये आर्थिक अवस्था कमजोर भएका २१ जनालाई जनही एक-एक उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसमध्ये २ जना विद्यार्थीलाई एसइई खर्चका लागि जनही रु पाँच-पाँच हजार र तीन जनालाई उपचार खर्चवापत रु १०-१० हजार वितरण गरिएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । 
एचआइभी सङ्क्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर बाख्रा वितरण गरिएको र आगामी वर्षमा बाँकी रहेका सङ्क्रमितलाई समेत बाख्रा वितरण गरिने खड्काले बताउनुभयो । एचआइभीपीडितमध्ये न्यून आर्थिक स्थिति भएकालाई आर्थिक स्थितिमा सुधार ल्याउनका लागि र व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यले पहिलोपटक बाख्रा वितरण गरिएको हो । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी एचआइभी सङ्क्रमितहरु छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी