2026-09-13 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिममा दमाहा बाजा सङ्कटमा

विमलबहादुर  विष्ट | असार २७, डोटी | पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न बजारमा भित्रिएका आधुनिक बाजाका कारण दमाहा बाजा सङ्कटमा पर्दै गएको छ । विवाह, न्वारान र पूजाआजामा अनिर्वाय रुपमा बजाउनु पर्ने यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । 

दमाहा बाजाको छुट्टै महत्व रहिआएको भए पनि युवा पुस्ताले बजाउन खासै चासो नदिँदा यो पेशा नै सङ्कटमा पर्दैगएको दीपायल पिपल्लाका स्थानीय दीर्घबहादुर बोगटीले बताउनुभयो । “बजारमा आधुकि बाजा आएपछि युवा पुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन्,”उहाँले भन्नुभयो – “यदाकदा मात्रै यो बाजा बजेको देखिन्छ ।”जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा पछिल्लो समय गाउँबाट पनि क्रमिक रुपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ ।

सुदूरपश्चिम नेपालको कला–संस्कृतिसँग जोडिएको दमाहा बाजा क्रमिक रुपमा लोप हुने अवस्थामा पुगे पछि यहाँका बूढापाकाहरु चिन्तित बन्न थालेका छन् । सुदूरपश्चिमका दलित अर्थात नेपाली (ढोली) थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन रहेको छ । नेपाली थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन भए पनि उक्त बाजा बनाउने काम लुहार तथा सजाउने (बखर्ने) काम सार्की थरका व्यक्तिले गर्ने नियम रहेको छ । यो पेशातर्फ युवा पुस्ताको ध्यान तान्न नसक्दा दमाहा बाजा नै लोप हुने अवस्थामा पुगेको केआई सिंह गाउँपालिका वडा नं ५ का स्थानीयवासी चक्रराज जोशीले बताउनुभयो । “दमाहा बाजा संरक्षण नगरिए यो बाजा चाँडै लोप हुने देखिन्छ,”उहाँले भन्नुभयो –“लोप हुनबाट जोगाउन भए पनि यसको संरक्षण गर्न जरुरी भएको छ ।”बाजा लोप भए पछिल्लो पुस्ताले थाहै नपाउने भई संस्कृति नै धरापमा पर्ने चिन्ता स्थानीय बुढापाका व्यक्त गर्छन् । 

बाहिरी संस्कृति भित्रिएर स्थानीय कला संस्कृति हराउन लागेकाले नयाँ पुस्तालाई जानकारी गराउन समय समयमा स्थानीय कला संस्कृतिका साथै दमाहा बाजासम्बन्धी मेला–महोत्सवको आयोजना गरिनु पर्ने डोटीका स्थानीय कलाकार सूर्य विरही साउदले बताउनुभयो । उहाँले भन्नुभयो –“बाहिरी कला संस्कृति भित्र्याउनुभन्दा आफ्नै कला संस्कृतिको जगेर्ना गर्नु अति आवश्यक छ ।”आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौंदेखि बजाउँदै आएको दमाहा लोप हुने अवस्थामा पुगेको जोरायल गाउँपालिका–५ का दमाहा बादक धनीराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो –“जमाना नै आधुनिक बाजाको पछि लाग्यो । हाम्रो बाजा कसैले मगाउँदैनन् । बाजा नै सङ्कटमा पर्दैछ ।” 

पञ्चेबाजा बोलाए ४० देखि ५० हजार रुपैयाँ तथा साना बाजा बोलाए २० देखि २५ हजार रुपैयाँ लिने गरेको दीपायल राजपुरका स्थानीयवासी तेज विष्टले बताउनुभयो । उहाँले भन्नुभयो –“अन्य बाजाभन्दा हाम्रो बाजा सस्तो भए पनि संरक्षण नहुँदा समस्या भएको छ । सबै गाउँपालिकाले आफ्नो ठाउँमा भएका दमाहा बाजा संरक्षण गर्न जरुरी भएको छ ।” 

दमाहा नेपाली बाजा हो । यो बाजाको पिँधतिर सानो र मुखतिर ठूलो हुँदै आएको हुन्छ । भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको बाजालाई सुदूरपश्चिममा दमाहा बाजा भन्ने गरिन्छ । यसलाई गजो अर्थात् लौरोले हानेर बजाइन्छ । यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ । 

यसलाई पञ्चैबाजा समूहको ताल बाजामा लिइन्छ । यो घाँटीमा भिरेर बजाइन्छ । यो बाजा बजाएपछि यसको आवाज गुइँ…… गुइँ….. गरेर सुनिन्छ । पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गड्सेराका स्थानीयवासी जोगी सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो – “मरेको गोरुको लाछा दुई दिन पानीमा भिजाएपछि मात्रै छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ, आवाज पनि बढी आउँछ ।”विशेष गरी सुदूरपश्चिमका दमाई अर्थात नेपाली थरका व्यक्तिले मात्रै यो बाजा बजाउने चलन रहेको छ । सुदूरपश्चिममा हुने हरेक शुभकार्यमा गाउँघर नै गुञ्जायमान हुने गरी विभिन्न ताल र शैलीमा उक्त दमाहा बाजा बजाउने चलन रहेको दीपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो । आजभोलि दमाहा बाजासँग जोडिएको नाच कतै कतै मात्र देख्न र बजेको सुन्न पाइन्छ ।

यो पेशातर्फ युवा पुस्तालाई उत्प्रेरित गर्न नसक्दा दमाहा बाजा नै लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि आपूुहरु लागिपरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो – “सुदूरपश्चिमको कला संस्कृतिको पहिचान दमाहा बाजा लोप हुन थालेपछि हामीले यसको संरक्षण गर्ने अभियान चलाउँदै छौँ । यसको संरक्षण गरेरै छाड्छौँ ।”

समय–समयमा स्थानीय कला संस्कृति झल्किने मेला–महोत्सव आयोजना गरी परम्परागत बाजा र नाचहरुलाई प्रोत्साहन गरिनुपर्ने उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । दमाहा बाजा विस्तारै लोप हुन थालेपछि यसको तालमा नाचिने सुदूरपश्चिमका  छलिया, ढुस्को, धमारी, चैत लगायतका मौलिक नाचहरु पनि लोप हुन थालेका छन् । बालिघरे प्रथाका रुपमा दमाई जातिका मानिसले पहिलेको समयमा दमाहा बजाए बापत अनाज अर्थात् खाद्यान्न लिने परम्परा रहेको दीपायल ढालपडाका ७० वर्षीय स्थानीयवासी दली नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – “हाम्रो पालामा दमाहा बजाए बापत अन्न लिने चलन थियो । अहिले बैण्ड बाजा भन्छन् । तालसुर केही हँुदैन । बजाउँछन्, पैसा लिन्छन् र जान्छन् ।”

सुदूरपश्चिमका नौ वटै जिल्लामा पञ्जेबाजामा सबैभन्दा बढी दमाहा बाजालाई महत्व दिने गरिएको छ । आदिकालमा भगवान् शिवले डमरु सँगै दमाहालाई पनि मन पराएपछि त्यतिबेलादेखि नै यसको प्रचलन बढेको किंवदन्ति पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले