२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

२७ असार २०७६, शुक्रबार ०९:३६

असार २७, बिराटनगर | तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २  र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१ स्थित परोपकार घाटका छेउछाउका ५० भन्दा वढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण  विराटनगर–१२ को केही क्षेत्रसमेत डुवानमा परेको छ । उक्त स्थानमा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको कारण कुनै मानवीय क्षति भएको छैन । कटहरी गाउँपालिका–१ झझौरा टोल र बख्खु टोलमा ५० भन्दा बढी घर डुबानमा परेको छ ।

विराटनगरका सडक निर्माणाधीन अवस्थामा रहेकाले अविरल वर्षाका कारण नगरवासीलाई हिँड्डुल गर्न पनि सकस परेको छ । केही महीना अगाडि सडक तथा नाली निर्माण गर्न भत्काइएको र निर्माण कार्य सम्पन्न नभएकाले  सडक हिलाम्य भएकाले यो समस्या देखिएको हो ।

विराटनगर महेन्द्र चोकदेखि पूर्व ट्राफिक चोकसम्म, ट्राफिक चोकदेखि उत्तर तीनपैनीसम्म, प्रादेशिक अस्पताल (कोशी अस्पताल) चोकदेखि उत्तर तीनपैनी चोक, ट्राफिक चोकदेखि पूर्व न्यूरो अस्पताल जाने सडक, देवकोटा चोक छेउछाउका सडक, जनपथ सडक, सरौचियाबाट राजमार्ग जोड्ने केही सडक कच्ची भएकाले मानिस तथा यातायातका साधनलाई ओहोरदोहोर कठिनाइ भएको छ ।

 कच्ची सडक, निर्माणाधीन नाला, हिलाम्य र खाल्डाखुल्डी पार गर्दै सवारीसाधन चल्दा दुुर्घटना हुने सम्भावना बढेको छ । हिलाम्य र खाल्डाखुल्डीले गर्दा निजी तथा आवासीय विद्यालयबाट सञ्चालित हुने सवारीसाधन र सामुदायिक विद्यालय विद्यार्थीलाई पनि निकै समस्या भएको छ । झरीले गर्दा बजारमा तरकारीको आयात कम भएको छ भने भएका उपलब्ध हरियो सागसब्जी महँगो भएको छ ।

झरी केही समय रहने हो भने जिल्लाका बक्राहा, केसलिया, सिंगियाजस्ता ठूला नदीमा बाढी आउने सम्भावना बढेकाले त्यस क्षेत्रका सशस्त्र, जनपद प्रहरीलाई सर्तक रहन प्रशासनले निर्देशन दिएको छ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा हुने वर्षाबाट उत्पन्न हुने समस्या समाधानका लागि तत्काल उद्धार टोली परिचालन गरेको छ । लगातारको वर्षाले प्रादेशिक अस्पताल (कोशी)को परिसरमा पानी जम्ने समस्यालाई समाधान गर्न मोटरबाट पानी निकासको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य