२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बाढीले पोल बगाउँदा विद्युत अवरुद्

२०७६, २७ असार शुक्रबार ०९:५३

चिसाङ शेर्पा असार २७,  खोटाङ | विहीबार राती र शुक्रबार विहान परेको भारी वर्षासँगै आएको बाढीले पोल बगाउँदा खोटाङमा विद्युत अवरुद्ध भएको छ । 

भारी वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारणलाईनको एकवटा पोल बगाउँदा जिल्लामा विद्युत ठप्प भएको हो । 

त्रियुगा खोलामा बाढीको बहाव नघटेका कारण अर्को पोल राख्नमा ढिलाइ भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले बताए ।

 खोलामा वहाव नघटेसम्म अर्को पोल राख्न नसकिने भएकाले विद्युत सुचारु गराउन समय लाग्ने प्रमुख यादवले जनाएको छ । विद्युत  ठप्प हुँदा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसायसहित १२ हजार ८ सय ८ जना भन्दा बढी ग्राहक अध्याँरोमा बस्नु परेको छ । वर्षाका कारण पहिरो जाँदा जिल्लाकै लेक्पा, छोरम्बु, चिप्रीङ लगायतका ठाउँमा पोल ढालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित