२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवतजावत ठप्प

२०७६, २९ असार आईतवार ०५:०५

असार २९,  बाँके | राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।

 राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताउनुभयो । उहाँका अनुसार, शनिबार बिहानदेखि नदीको बहाव बढेको हो । आवागमन बन्द हँुदा वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकाम नेपालगञ्ज जाने यात्रु समस्यामा परेका छन् । 

“नदी वारपार गर्ने कुनै माध्यम छैन, पैदल हिँड्ने बाटोसमेत अवरुद्ध भयो”,खुनाले भन्नुभयो, “नदीमा पानी बढ्दैछ, गाउँतिर पसेर कटान गर्ने खतरा भएको छ ।”आवागमन बन्द हुँदा बिरामी, अशक्तलाई बढी समस्या हुने गरेको छ । भम्का र अमुवागाउँमा स्वास्थ्य संस्था नभएकाले नदीमा पानीको बहाव नघट्दासम्म उपचार पाउनबाट समेत सर्वसाधारण वञ्चित भएको खुनाको भनाइ छ ।

 गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट हुनसक्ने जोखिमको अनुमान गर्दै स्थानीय प्रहरी, रेडक्रसलगायत निकाय पूर्वतयारीमा जुटेको बताउनुभयो । “वर्षासँगै राप्तीको बहाव बढ्दै गएको छ”,अध्यक्ष थारूले भन्नुभयो, “सुरक्षा निकाय र नदी छेउका बासिन्दालाई सचेत रहन सूचना गरेका छौँ ।”

उहाँले भम्का र अमुवागाउँका बासिन्दा वर्षौँदेखि राप्ती नदीमा आउने बाढीबाट पीडित हुँदै आएकाले पुल निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । पुलको ठेक्का भइसकेकाले छिट्टै भम्का र अमुवागाउँका बासिन्दाको दुःख अन्त्य हुने उल्लेख गर्नुभयो ।

राप्तीमा पानीको बहाव बढ्दो

राप्ती नदीमा पानी बहावको सतहले ‘खतराको विन्दु’पार गरेपछि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको हो । शनिबार दिउँसो ३ः३० बजे नदीको सतहले ‘खतराको विन्दु’पार गरेको हो । राप्ती नदीको कुुसुमस्थित मापन केन्द्रका अनुसार, पाँच मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’मानिन्छ । राप्ती नदीले अहिले त्यो तह पार गरिसकेको छ । 

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका संयोजक गौरी बुढाथोकीले रातभरिको वर्षाले नदीको सतह बढ्ने क्रम जारी रहेकाले राप्ती तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, राप्ती नदीमा पानीको सतह बढेसँगै फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, र नरैनापुरका केही भाग डुबानमा परेका छन् । 

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते